Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दोलखामा सशस्त्र प्रहरीले ब्यारेकका लागि सुरक्षित स्थान पाएन !


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, मंसिर १३ २०७५
  • 4.6K
    SHARES

दोलखामा सशस्त्र प्रहरीले ब्यारेकका लागि सुरक्षित स्थान पाएन !

जन न्युज नेपाल  खबर डट कम दोलखा  प्रतिनिधि  : 

दोलखा । जिल्लाको सुरक्षाका लागि स्थायी दरबन्दी लिएर आएको सशस्त्र प्रहरी बल गुल्मले बसोवासका लागि अझैसम्म उचित र सुरक्षित स्थान पाउन सकेको छैन । 

मुलुक सङ्घीय ढाँचामा गएसँगै ७७ वटै जिल्लामा सशस्त्र प्रहरी बल विस्तार गर्ने योजनाअनुरुप १६० सशस्त्र प्रहरीको दरबन्दीसहित विस्तार भएको गुल्मलाई बसोबासका लागि उचित स्थानको अभाव भएको हो । 

राष्ट्रिय गौरवको आयोजना, महत्वपूर्ण प्रतिष्ठान, औद्योगिक सुरक्षा र विशेषगरी उत्तरी सीमा सुरक्षाका लागि गत साउन १ गते दरबन्दी स्वीकृत भएर असोज १८ गतेदेखि सदरमुकाम चरिकोटमा स्थापित उक्त नं १८ गुल्मलाई स्थान अभावकै कारण सुरक्षामा समेत चुनौती थपिएको छ । 

गुल्मले चरिकोटस्थित तत्कालीन महिला तथा बालबालिका कार्यालयको भवन प्रयोग गर्दै आए पनि उक्त स्थान पर्याप्त नरहेको सशस्त्र प्रहरी नायब उपरीक्षक किरणकुमार कठायतले जानकारी दिए। महिला तथा बालबालिका कार्यालयका लागि बनाइएको उक्त साढे दुईतले भवनमा पनि भुइँतलाको एउटा हल, दोस्रो तलाको एउटा कोठा र एउटा भान्सा मात्रै आफुहरुले पाएको उनले बताए । 

स्थानीय सरकार आएसँगै नगरपालिका तथा गाउँपालिकामा गाभिन पुगेको उक्त कार्यालयले भवनको पहिलो तलाको सबै कोठा स्टोर बनाएर राखेको छ भने सुरक्षा निकायले प्रयोग गरेको भवनको भुइँतलामा सोही कार्यालयको गाडी चालकका परिवारले छोडका छैनन् । 

कार्यालय खारेजीसँगै सम्पूर्ण सामान जिल्ला समन्वय समितिलाई जिम्मा लगाउन विवरण बुझाए पनि निरीक्षण तथा रुजु गर्ने काममा ढिलाइ भएकाले सामग्री हटाउन नसकेको स्टोरकिपर समेत रहेकी सहायक महिला विकास निरीक्षक अञ्जुला सिग्देले बताए । 

प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले उक्त गुल्मलाई अन्यत्र सार्ने तयारी भइरहेको बताए । जिल्ला कृषि विकास कार्यालय खारेज भएपछि तीन हजार ६२४ वर्गमिटरमा फैलिएको उक्त कार्यालयको जग्गामा सशस्त्रलाई सार्ने तयारी भइरहेको उनले जानकारी दिए । 

“कृषि विकास कार्यालयको भवनमा हाल रहेको किबी जोनको कार्यालय महिला तथा बालबालिका कार्यालयको भवनमा सार्न तयारी भएको र यसका लागि सङ्घीय मन्त्रालयस्तरमै कामकुरो छिनोफानो भएर आउनुपर्ने भएकाले पनि समस्या उत्पन्न भएको प्रजिअ पाठकको भनाइ थियो । 
  हाम्रो बारेमा
जन आवाज मिडिया हबद्दारा सञ्चालित जन न्यूज नेपाल खबर डट कम (Jananewsnepalkhabar.com) मा सम्पुर्ण नेपाली मनमुटु हरुलाई स्वागत र अभिवादन गर्दछौं।जन न्यूज २०७४ बाट सुरुवात भएको न्यूज पोर्टल हो। श्रमजीवी पत्रकारहरुको पहलमा स्थापित यो साईटमा सामाजिक, आर्थिक, राजनीतिक, सौन्दर्य, अन्तर्वार्ता लगायतका विषयबस्तुलाई प्रमुख प्राथमिकता दिईएको छ।
जन न्यूज नेपाल खबर डट कम न्युज पोर्टल कुनैपनि जातजाति, धर्म, समूदाय, वर्ण, लिङ्गलाई ठेस नपुर्याई स्वतन्त्रतापूर्वक नौला र सिर्जनात्मक विषयबस्तुहरु पस्कने गर्दछ। यहाँ प्रस्तुत हुने हरेक प्रकारका विषयबस्तुहरु आधिकारिक हुने वचनवद्धता पनि हामी प्रकट गर्न चाहन्छौं। पत्रकारिताको मूल मर्मलाई हरपल पछ्याउँदै सामग्रीहरु प्रस्तुत गर्नेछौं। यो सबैको साझा पोर्टल भएकाले सामग्रीहरु पठाएर सहयोग गरिदिनुहोला। तपाईका सिर्जनालाई हामी उचित स्थान दिनेछौं।अन्त्यमा सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, लेखक, शुभेच्छुक आदि सबैको अमूल्य सल्लाह सुझावको अपेक्षा गर्दछौं।====================
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामी सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामी मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। हामी तपाईं आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिन नभुल्नु साथै हामीलाई हाम्रो “Youtube Channel”Jananewsnepal khabar लाई पनि Subscribe गरिदिन नभुल्नु होला। धन्यवाद
प्रधानसम्पादक : नेत्र बहादुर कार्की
ठेगानाः ललितपुर १३, कुसुन्ती, नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२,९८४०४२११७४, ९८१८४०२१४०
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर :  Nepal
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४