चीनको एक रासायनिक कारखानानजिकै भएको विस्फोटमा २२ को मृत्यु ! जन न्युज नेपाल खबर डट कम प्रतिनिधि :
१२ मङ्सिर बुधबार, २०७५
Photo/Xinhua
शिजिआजुआङ्रा । उत्तरी चीनको हेबेइ प्रान्तको जाङ्गजीआकुउ शहरमा अवस्थित एक रासायिक कारखानानजिकै भएको विस्फोटमा परी कम्तीमा २२ व्यक्तिको मृत्यु भएको छ ।
बुधबार बिहान सबेरै भएको यस विस्फोटमा परी २२ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २२ जना घाइते भएका स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।
स्थानीय समयानुसार बुधबार मध्यराती १२ः४० बजे हेबेइ सिङ्गहुआको एक रासायानिक पदार्थ उत्पादन गर्ने कारखाना ‘मिकल इन्ड्रस्टि कोपरेसन लिमिटेड’ नजिकै उक्त बिस्फोट भएको थियो ।
यस विस्फोटमा परी ३८ ट्रक र १२ अन्य सवारी साधन ध्वस्त भएको जाङ्गजीकाउ नगरको नगर सरकारका अधिकारीहरुले जानकारी दिएका स्थानीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
यस विस्फोटमा परी घाइते भएकाहरुलाई उपचारार्थ अस्पताल भर्ना गरिएको बताइएको छ । प्रारम्भिक अनुसन्धानअनुसार एक सवारी साधनले बोकेको अति संवेदनशील विस्फोटक पदार्थ कारखानामा प्रवेश गर्ने पर्खाइमा रहेका बेला अकस्मात विस्फोट भएको थियो ।
उक्त कारखाना नजिकै भएको विस्फोटबाट कारखानाको भित्र भने कुनै असर गरेको छैन । तर विस्फोटपछि लागेको आगोका कारण त्यसैको वरिपरि रहेका अरु सवारी साधनहरुमा भने आगलागी भएको थियो ।
विस्फोट भएपछि सल्किएको आगोबाट सडकमा र पार्किङमा रहेका ३८ ओटा ट्रक र १२ ओटा कार विस्फोट भएका छन् । सो जानकारी जाङजिकाउ नगर सरकारले दिएको छ ।
संकटकालीन व्यवस्थापन मन्त्रालयले उद्धार कार्यको लागि एक समूह पठाएको जनाइएको छ । यस विस्फोटमा परेकाहरुको स्थानीय सरकारले पहिचान गरेको र उद्धार कार्यलगयात थप अनुसन्धान जारी रहेको बताइएको छ । (सिन्ह्वा)
हाम्रो बारेमा
जन आवाज मिडिया हबद्दारा सञ्चालित जन न्यूज नेपाल खबर डट कम (Jananewsnepalkhabar.com) मा सम्पुर्ण नेपाली मनमुटु हरुलाई स्वागतम र अभिवादन गर्दछौं। जन न्यूज नेपाल खबर डट कम २०७४ साल बाट सुरुवात भएको न्यूज पोर्टल हो। श्रमजीवी पत्रकारहरुको पहलमा स्थापित यो साईटमा सामाजिक, आर्थिक, राजनीतिक, सौन्दर्य, अन्तर्वार्ता लगायतका बिबिध विषयबस्तुलाई प्रमुख प्राथमिकता दिईएको छ। भने जन न्यूज नेपाल खबर डट कम न्युज पोर्टल कुनैपनि जातजाति, धर्म, जन समूदाय, वर्ण, लिङ्गलाई ठेस नपुर्याई स्वतन्त्रतापूर्वक नौला र सिर्जनात्मक विषयबस्तुहरु पस्कने गर्दछ। यहाँ प्रस्तुत हुने हरेक प्रकारका विषयबस्तुहरु आधिकारिक हुने वचनवद्धता पनि हामी प्रकट गर्न चाहन्छौं। पत्रकारिताको मूल मर्मलाई हरपल पछ्याउँदै सामग्रीहरु प्रस्तुत गर्नेछौं। यो सबैको साझा पोर्टल भएकाले सामग्रीहरु पठाएर सहयोग गरिदिनुहोला। तपाईका सिर्जनालाई हामी उचित स्थान दिनेछौं। अन्त्यमा सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, लेखक,कलाकार , शुभेच्छुक आदि सबैको अमूल्य सल्लाह सुझावको अपेक्षा गर्दछौं। यस
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामी सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामी मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। हामी तपाईं आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिन नभुल्नु होला । साथै हामीलाई हाम्रो “Youtube Channel”Jana News Nepal Khabar लाई पनि माया गरिदिनु होला । र Channel लाई Subscribe गरिदिन नभुल्नु होला। साथै हाम्रो नयाँ भिडियोहरु सधैभरी हेर्नको लागि Subscribe संगै रहेको बेल बटन लाई दबाउन नभुल्नु होला । धन्यवाद,
प्रधानसम्पादक : नेत्र बहादुर कार्की
ठेगानाः ललितपुर १३, कुसुन्ती, नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२,९८४०४२११७४, ९८१८४०२१४०
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर : Nepal
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
प्रतिकृया दिनुहोस