भाद्र १४, भित्तरी । गोकुलगंगा गाउँपालिका वडा नं. ५ स्थित नामाडीको भित्तरीमा आज बाख्रा चराउन गएको बेला भित्तरीकै देविथानको तारेभिरबाट लडेर ३० वर्षकी सरिता गुरुङको ज्यान गएको छ । आज दिउसो बाख्रा चराउन तारेभिरमा गएकी गुरुङ भिरमा चिप्लिएर करिव २०० फिट तल झरेपछि घटनास्थलमै उनको निधन भएको हो ।

स्व. गुरुङका पति अशोक गुरुङ र १४ वर्षिय एक छोरा तथा ११ वर्षकी एक छोरी छिन् । यो दुखद् घटनासँगै यतिखेर सिङगै भित्तरी शोकमा डुबेको जन न्युज नेपाल खबर डटकमका लागि त्यहाँ रिपोर्टिङमा खटिएका बिशेष प्रतिनिधि अर्जुनकुमार कार्की गोकुलगङा ४ बेताली बाट जानकारी भएको छ।
