©जन प्रहार डटकम प्रतिनिधि
ललितपुर । पत्रकार कमला हमालको फेसबुक स्टाटसमा असभ्य, अश्लील शब्द प्रयोग गरी गाली र कमेन्ट गर्नेलाई पत्रकार महासंघले कारबाहीको लागि सिफारिस गरिएको छ । पत्रकार महिलालाई फेसबुकमा गाली गर्नेलाई कारबाही गर्न सिफारिस गरिएको छ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाँकेकी साधारण सदस्य हमालको फेसबुक स्टाटसमा असभ्य, अश्लील शब्द प्रयोग गरी गाली र कमेन्ट गरेको भन्दै महासंघकै साधारण सदस्य प्रमोद रिजाललाई कारबाहीको लागि सिफारिस गरिएको हो ।
महासंघको बुधबार बसेको बैठकले रिजालले लेखेको कमेन्टले हमालको भावनामा चोट पु¥याएको तथा पत्रकार आचार संहिता विपरित कार्य भएको ठहर गर्दै महासंघको साधारण सदस्यबाट निलम्बन गर्न महासंघ प्रदेश कार्यालय र केन्द्रीय कार्यालयमा सिफारिस गर्ने निर्णय समेत गरेको जनाइएको छ ।
