Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

महिला पत्रकार कोषको लागि एक गोल प्रिन्ट मिडियाले उचाल्यो महिला पत्रकार फुटबलको ट्रफी (हेर्नुहोस तस्विरसहितको न्युज)


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, साउन १३ २०७५
  • 5.4K
    SHARES

 
 

महिला पत्रकार कोषको लागि एक गोल प्रिन्ट मिडियाले उचाल्यो महिला पत्रकार फुटबलको ट्रफी (हेर्नुहोस तस्विरसहितको न्युज)

जन न्युज नेपाल खबर डट कम प्रतिनिधि काठमाडौं श्रावण १२ गते शनिबार :-

ललितपुर । नेपाल पत्रकार महासंघको महिला समितिले आयोजना गरेको मैन्त्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि प्रिन्ट मिडिया समूहले जितेको छ ।

एन्फा कम्प्लेक्स, सातदोबाटोमा शनिबार सम्पन्न‘ भएको फुटबल खेलमा महिला पत्रकार कोषका लागि एक गोल’ नारासहितको प्रतियोगितामा ट्राइबेकरमा अनलाइन मिडिया समूहलाई पराजित गर्दै प्रिन्ट मिडियाले ट्रफी उचालेको हो ।

प्रतियोगितामा अनलाइन मिडियालाई २–१ गोलले पराजित गर्दै प्रिन्ट मिडियाले उपाधि जितेको हो । खेल जारी रहेकै बेला रातपरेपछि खेल बीचमै रोकेर पेनाल्टीमार्फत विजेता घोषित गरिएको थियो ।

विजेता टोली प्रिन्टका लागि पून्यवती ढकाल र भाषा शर्माले गोल गरेका थिए भने अनलाइनका तर्फबाट मुना कार्कीले एक मात्र गोल गर्न सकिन्, अन्य खेलाडीले हानेको पेनाल्टीले गोलपोष्टको दिशा लिन सकेन ।

प्रतियोगितामा रेडियो र टेलिभिजनले संयुक्तरुपमा तेस्रो स्थान प्राप्त गरे । निर्धारित २० मिनेटको खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि दुवै टोलीलाई तेस्रो भएको घोषणा गरिएको थियो । विजेता टोली रेडियोलाई १–० गोलले र उपविजेता अनलाइन टोली टेलिभिजनलाई २–१ ले पराजित गरी फाइनलमा पुगेका थिए

प्रतियोगितामा टेलिभिजन मिडिया र रेडियो समूह तेस्रो र चौथो भए । विजेता समूहलाई नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोख्रेल, सचिब रामप्रसाद दाहाल, सचिब लक्ष्मी पुन, कोषाध्यक्ष राजेश मिश्रलगायतले ट्रफी तथा मेडल प्रदान गरे ।

प्रतियोगिताको उदघाटन गर्न आइपुगेका युवा तथा खेलकुद मन्त्री जगतबहादुर बिश्वकर्माले खेलकुद मार्फत पत्रकारहरुमा देखिएको एकताको प्रशंसा गरे । उनले पहिलो गोल गर्ने खेलाडीलाई १० हजार पुरस्कार पनि प्रदान गरे ।

दुःखमा परेका, उपचार गर्न नसक्ने पत्रकार महिलाहरुको सहयोगका लागि ‘पत्रकार महिला सहयोग कोष’ स्थापना गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको हो ।

फोटो  फिचर जन न्युज नेपाल  खबर डट कम जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामी सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामी मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। हामी तपाईं आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिन नभुल्नु साथै हामीलाई हाम्रो “Youtube Channel”J N Nepal Khabar लाई पनि Subscribe गरिदिन नभुल्नु होला। धन्यवाद

प्रधानसम्पादक : नेत्र बहादुर कार्की 
ठेगानाः ललितपुर १३, कुसुन्ती, नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२,९८४०४२११७४, ९८१८४०२१४०
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर :  Nepal 
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५ 
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४