Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ओली सरकारले फेरि पनि भागबन्डा मिलाउनकै लागि मन्त्रालय फुटाएको छ।


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, साउन ११ २०७५
  • 15.7K
    SHARES

 

ओली सरकारले फेरि पनि भागबन्डा मिलाउनकै लागि मन्त्रालय फुटाएको छ।

जन न्युज नेपाल खबर डट कम प्रतिनिधि काठमाडौं श्रावण ११ गते शुक्रबार :-

नेत्र बहादुर कार्की :

 
Gaunsahar

काठमाडौँ । सरकारले दोस्रोपटक मन्त्रालय संख्या बढाएको छ । मन्त्रिपरिषदको बिहीबारको बैठकले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय फुटाएर दुइटा बनाएको छ ।

 

स्वास्थ्य राज्यमन्त्री पद्माकुमारी अर्याललाई फूल मन्त्री बनाउन विहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालय फुटाएको हो।  मन्त्री अर्याललाई अब भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिने तयारी छ। कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल भने अब कृषि तथा पशुपंक्षी मन्त्री हुनेछन्।

मन्त्रालय फुटाएर कृषि तथा पशुपक्षी र भूमि व्यवस्था तथा सहकारी मन्त्रालय बनाइएसँगै अब मन्त्रालय संख्या २२ पुगेको छ ।

उपप्रधानसहित स्वास्थ्य मन्त्रालयको जिम्मेवारी संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सम्हालिरहेका छन्। राज्यमन्त्रीमा पनि फोरमकै मान्छे ल्याउनुपर्ने अवस्था आएपछि अर्याललाई व्यवस्थापन गर्न मन्त्रालय फुटाउन परेको हो। अर्याल नेकपाकी सांसद हुन्।

एउटा मन्त्रालय थप्दा मन्त्री, सचिव, निजी तथा स्वकीय सचिवालय र विभिन्न महाशाखाका लागि वर्षको कम्तीमा ५० करोड भन्दा बढी  रुपैयाँ प्रशासनिक खर्च बढ्ने प्रधानमन्त्री कार्यालयकै अधिकारीले जनाएका छन  ।

अधिकारसम्पन्न संघीय पुनस्संरचना समितिले १५ र तत्कालीन मुख्यसचिव सोमलाल सुवेदी नेतृत्वको प्रशासनिक पुनस्संरचना कार्यदलले ११ मन्त्रालय मात्र राख्न सिफारिस गरेका थिए ।

स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याललाई अलगै मन्त्रालय दिन मन्त्रालय फुटाइएको हो । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई स्वास्थ्यमन्त्री बनाएपछि अर्याललाई छुट्टै कार्यभार दिन मन्त्रालय टुक्र्याउनुपरेको स्रोतले जनायो ।

प्रधानमन्त्री केपी ओलीले सत्तासीन भएको ८ दिनमै मन्त्रालय संख्या ३१ बाट १८ बनाएका थिए । तर, ओलीको त्यो निर्णय तीन साता पनि टिकेन । चैत २ मा उनले संख्या बढाएर २१ पुर्‍याएका थिए ।

 
 
 
 
 
 
 
 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४