Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ओली सरकार नेपाली जनतालाई नै घाँडो भो। सरकारले नेपाली जनतालाई झुक्याउने काम गरेको छ।भने सार्बभौमसत्ता को चरम दुरुपयोग गरेर नेपाली जनताको जिबनयापनको काममा पनि बाधक बन्दैछ।


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, साउन २ २०७५
  • 10.7K
    SHARES

ओली सरकार नेपाली जनतालाई नै घाँडो भो। सरकारले नेपाली जनतालाई झुक्याउने काम गरेको छ।भने सार्बभौमसत्ता को चरम दुरुपयोग गरेर नेपाली जनताको जिबनयापनको काममा पनि बाधक बन्दैछ सरकार  गर्न आबश्यक्छ खबरदार ।
जन न्युज नेपाल खबर डट कम प्रतिनिधि काठमाडौं श्रावण २ गते  बुधबार  :-
===================================
नयाँ आर्थिक वर्षको सुरुवाती सँगै नेपाली जनताको ढाड नै सेकिने गरी ट्याक्समा अचानक वृद्धि भई रहँदा सरकार खुसीले गदगद छ भने नेपाली जनता पानीमा रुझेको मुसो सरह हुँदैछन।
२०७४ सालको प्रतिनिधि र प्रदेश सभाको चुनावमा बाम गठबन्धनको चुनावी नारा,एजेन्डाका साथै घोषणा पत्रमा लेखिएका कुराहरू कम्युनिस्ट सरकारले एकातिर थन्काएका छन् भने अर्को तर्फ चरम रूपमा नियम सङ्गत तवरबाट नेपाली जनता माथि आर्थिक  सामाजिक र राजनीतिक शोषण गर्दै छन्।नेपाल सरकार र सरकारका जनप्रतिनिधिहरु किन भने हेर्नुस् सरकारी रबैया र गतिविधिहरु-
नेपालमा विदेशबाट आयतित बस्तु होस वा देशकै भूगोलमा उत्पादन भएका बस्तु नै किन नहोस् सबै चिजको अब चरम मूल्य वृद्धि हुनेछ।गरिब तथा असह्यय जनताको लागि यसरी मूल्य वृद्धि हुनु दु:खद कुरा हो।देशको अर्थतन्त्र कमजोर भयो भन्दैमा नेपाली जनता माथि यसरी करको नामबाट भार थोपर्नु गलत हो।इन्टरनेटमा १३ % वृद्धि भए सँगै सवारी साधन लगायत भन्सार ट्याक्समा वृद्धि भएको छ।वार्षिक ७ लाख भन्दा बढी आम्दानी गर्ने नेपाली नागरिकलाई ३६ % ट्याक्स लाग्ने भएको छ।त्यसै गरी उद्योग सञ्चालन गर्नेहरूलाई पनि त्यसरी नै चेपुवामा पार्ने कार्य हुँदै छ।

सायद कम्युनिस्ट सरकारको देशलाई संवृद्धि तर्फ लैजाने यो नै उपयुक्त मार्ग सोचेको होला।जनता नै जनार्दन हुन र जनताको हरेक सुख दु:खमा साथ दिन्छु ।भन्दै गरिब तथा असह्ययहरुलाइ झुटा आष्बासनहरु बाडेर जनताको मन जित्न सफल कम्युनिस्टहरूको वर्तमान अवस्थाले नयाँ अध्यायको सुरुवाती गरी दिएको छ।चुनाव ताका वृद्ध भत्ता,सर्टिफिकेट राखेर बैकबाट लोन,जागिरको अवसर,रेल र पानी जहाजको कुराले जनतालाई दिग्भ्रमित गराएको कम्युनिस्टहरूले आज देशमा परेको दैविक प्रकोप,भूकम्प पीडितहरुलाई राहत तथा भएका सडक मार्गहरूको मर्मत सम्भार गर्न नसक्नु दुखद कुरा हो।राजधानीको हिलाम्य सडकले प्रधानमन्त्री निवास,सिंह दरबार र संसद् भवनलाई नै गिज्जाई रहेको अवस्थामा पानी जहाज र रेलका कुरा गरेर दिन काट्नु राम्रो होइन।


उपत्यका बासीले पिउने पानीमा कोलिफर्मको मात्रा प्रचुर रूपमा भेटिदा सरकार मौन रहनु ब्यापारीहरूलाई कानुनी दायरामा ल्याउनुको साटोमा प्रधानमन्त्री निवास र राष्ट्रपति निवासमा भने स्वच्छ पानी अर्थात् नेपालकै सबै भन्दा महङ्गो रसुवामा बनेको पानी प्रयोग हुनु साथै जनताको स्वास्थ्यका विषयमा गम्भीर नहुनु पनि दुखद पक्ष नै हो।
नेपालका मेडिकल माफियाहरूको पक्षमा स्वास्थ्य क्षेत्रमा बन्न लागेको नयाँ बिध्येकले पनि नेपालको राजनीति माहौल सर्मी गर्मी भएको छ।डा.गोविन्द केसी १५ औँ पटक विकट जिल्ला जुम्लामा मेडिकल माफियाको विरुद्धमा आमरण अनसनमा छन्।सरकारले डा.केसीको मागलाई सम्बोधन गर्नुको साटोमा केसीको ज्यान नै तल माथिहोस भन्ने किसिमका अभिव्यक्ति सरकारमा रहेका पार्टीका सांसदहरूले बोली रहेका छन्।सरकार दुई तिहाइको दम्भ देखाउँदै छ।काँग्रेस केसीको पक्षमा उभिएको छ।सरकार डा. केसीका मागलाई पन्छाउने रणनीतिमा लागि परेको छ।भ्रष्ट्राचारीहरूको बिगबिगीले आकाश चुलिँदै छ।


घुस खोरलाई सरकारले नियन्त्रणमा लिन सकेको छैन।सुन काण्डका ठुला माछा गोरे नै हो भन्दै अनुसन्धानलाई नै रोक्ने जमर्को गर्दै छन् सरकार र सरकारका गैरलोकतान्त्रिक शक्तिहरु मिलेर भने ।एनसेल प्रकरणमा अर्बौको भ्रष्ट्राचार गरेको व्यक्तिको नाम किटानी सहित पूर्व प्रम बाबुराम भट्टराईले सारा जनताका माझ भनी रहँदा कार्बाहिको दायरामा ल्याउने आँट कसैमा छैन।भ्रष्ट्राचार गरेको अभियोगमा कोरियाका राष्ट्रपति जेल जान्छन्।पाकिस्तानका प्रधानमन्त्री चुनाव लड्नै नपाउने भएका छन् भने हाम्रो देशमा भने यस्ता भ्रष्ट्राचारीलाई नै सरकारको बागडोर सम्हाल्न दिए पछि हाम्रो देश उँभो गतिमा लाग्नु भन्दा उधो गति तिर लागि रहेको छ।
आखिर नेपाली जनताले आजको यही दिन देख्न र यही स्थिति भोग्नका लागि बाम गठबन्धनलाई मतदान गरेका थिए । र दुई तिहाइभन्दा माथि बनाउनेतर्फ लगेको यहि दम्ब र जनताको हकहित र अधिकार लाई बन्चित गर्दै प्रेसमाथिको को हस्तक्षेप न्यायलय माथिको  हस्तक्षेपका साथै नेपाली नागरिक माथिको उदाङो प्रबृत्ति देखाउनुको साथै नेपाली जनता बोल्न पाउने अधिकार बाट पनि बन्चित बनाउने कस्तो नालयकी पना हो  नेपाल  सरकारको ।काँग्रेसलाई जनतामारा हो भन्नेहरू आज कम्युनिस्ट सरकारको पालामा चरम मूल्य वृद्धि देखि करमा वृद्धि हुँदा यो समयको माग हो भन्दै मौन बसी रहेकाछन् राष्ट्रिय भ्रष्टाचारिहरु के  यहीँ हो समयको माग के यहीँ  दिन देख्नलाई बामपंथीलाई दुई तिहाइभन्दा माथी पुर्‍याउनुपर्ने अवस्था आएको हो अब बिचार गर तिमीहरूलाई नेपाली  जनताले  समयसंगै याद गरिरहने छ्न। तिमीहरुको गतिविधिबारे र फैसला गर्नेछन् । तिमीहरूलाई  तिमीहरूको नाङ्गो नाचको  होसियार सरकार र जनप्रतिनिधिहरुको  बिल्ला धारी हरु:- त्यो समयमा  तिमीहरूलाई  टुकीको सहयोगमा खोज्न बिबस हुनेछौ।हामिहरु पनि  त्य दिनको कल्पना गर्ने अबस्थामा नपुगेको बेस होला।तसर्थ  बेलैमा राम्रो काम गरेर जनताको मन जितेर अगाडि बढनु यस्तै गरेर भ्रष्टाचारीलाई सहयोग गर्दै जनतालाई  मार्ने काम गरेउ भने एक दि अबस्री समाप्त  हुनेछौ।
काँग्रेस सरकारले २ रुपैयाँ मूल्य वृद्धि गर्दा सडक पेटीका रेलिङ भाँच्ने कम्युनिस्टहरू आज कम्युनिस्ट सरकारले हरेक कुरामा वृद्धि गरी रहँदा ताली बजाउन व्यस्त छन्।
 जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामि सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामि मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिनु होला। धन्यवाद
प्रधानसम्पादक : नेत्र बहादुर कार्की 
ठेगानाः ललितपुर १३, कुसुन्ती, नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२, ९८१८४०२१४०
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर : Healthplus Nepal 
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५ 
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४