Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

डा.के सी बचाउ अभियान ‘नेकपाको सत्ता, चिकित्सक शिक्षा ऐन बेपत्ता’ माइतीघरमा लाग्यो यस्तो नारा (भिडियो)


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असार ३० २०७५
  • 7.1K
    SHARES

डा.के सी बचाउ अभियान ‘नेकपाको सत्ता, चिकित्सक शिक्षा ऐन बेपत्ता’ माइतीघरमा लाग्यो यस्तो नारा (भिडियो)

जन न्युज नेपाल  खबर डट कम प्रतिनिधि काठमाडौं असार ३० शनिबार :-

‘तिम्रो मार्सी भोजनले समाजवाद आउदैन’

काठमाडौं । चिकित्सा क्षेत्र सुधारका लागि भन्दै १५ औं पटक दुई हप्तादेखि आमरण अनसनमा बसेका डा गोविन्द केसीको समर्थनमा शनिवार काठमाडौमा बृहत प्रदर्शन भएको छ । मध्यान्ह १२ बजेपछि काठमाडौंको माइतीघरबाट सुरु भएको प्रदर्शन बानेश्वरसम्म आइपुगेको थियो ।

प्रदर्शनमा आम नागरिकहरुको सहभागिता रहेको थियो । गोविन्द केसीको समर्थनमा नागरिक समाजका अगुवाहरुले कार्यक्रममा सहभागिता जनाएका थिए ।

प्रदर्शनमा सहभागीहरुले ‘ओली सरकारको मिसन, सिटामोलमा कमिसन’, ‘ओली सरकारको घडीमा माफियाको ब्याट्रि’, ‘नेकपाको सत्ता, चिकित्सक शिक्षा ऐन बेपत्ता’, ‘तिम्रो मार्सी भोजनले समाजवाद आउदैन’ जस्ता नाराहरु लगाएका थिए ।

प्रदर्शनमा डा केसीको विरोधमा रहेका नेकपाका मेडिकल माफिया निकट स्वार्थ समुहका नेता कार्यकर्ता बाहेकका कार्यकर्ता तहले पनि सहभागिता जनाएका थिए ।

केसीको मागको सुनुवाइको लागि अघिल्लो सरकारका पालामा ल्याइएको चिकित्सा शिक्षा अध्यादेशअनुसारको विधेयक जस्ताको तस्तै संसदमा पेश गर्न दवाव दिइरहेको कांग्रेसका नेता कार्यकर्ताहरु प्रदर्शनमा सहभागिता जनाएका थिए ।

सडकमा डा केसीको मागको सुनुवाइको लागि निरन्तर दवाव दिदै आएको विवेकशील साझाका नेता कार्यकर्ताहरु पनि प्रदर्शनमा सहभागी थिए । पुर्वप्रधानन्यायाधिश, पुर्व मन्त्रीदेखि सामाजिक अगुवाहरुको सहभागितामा सो प्रदर्शन भएको हो ।

प्रदर्शनमा पुर्वप्रधानन्याधीशद्वय शुशीला कार्की र कल्याण श्रेष्ठ, पुर्व स्वास्थ्य मन्त्री तथा कांग्रेस नेता गगन थापा,  माथेमा कार्यदलका संयोजक केदारभक्त माथेमा, नागरिक अगुवाहरु कृष्ण पहाडी, चरण प्रसाईं, विवेकशिल साझाका संयोजकद्वय उज्ज्वल थापा, रबिन्द्र मिश्र लगायतको पनि सहभागिता रहेको थियो भने नेपाल ट्रेड युनियन काँग्रेस संस्थागत रुपमै प्रदर्शनमा सहभागिता जनाएको थियो।

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४