काठमाडौं : नेपाल विद्याथी संघले संगठनभित्रकै आन्तरिक असन्तुष्टि चुलिएपछि सबै आमन्त्रित केन्द्रिय सदस्यको नियुक्ति खारेज गरेका छ । मुख्य सचिव डिल्ली हमालले जन न्युज नेपाल खबर डट कमलाइ जानकारी गराएका हुन। उनले प्रेस बिज्ञप्ति निकाल्दै भनेका छन।अब नेविसंघमा कोही पनि आमन्त्रित केन्द्रिय सदस्य नरहेको जानकारी गराएका हुन् ।

मातृ पार्टी कांग्रेसको निर्देशनअनुसार यसअघि गरिएका आमन्त्रीतको नियुक्ति खारेज गरिएको नेविसंघले जनाएको छ । नेविसंघको विधानमा आमन्त्री सदस्यको व्यवस्था छैन । अध्यक्ष नैनसिंह महरले जथाभावी आमन्त्रीत सदस्य भन्दै पत्र बाँडेको आरोप लाग्दै आएको थियो । नेविसंघभित्रका अरु समुहले त्यस्तो नियुक्ति अवैधानिक भन्दै खारेजीको माग गर्दैआएका थिए ।