आर .डि निर्माण सेवा प्रोपाइटर रोशन दाहाल निर्माण ब्याबसायी महासंघका कोषाध्यक्षद्दारा चरम लाहाप्रबाही र दुरुपयोग सर्बसाधरण जनतालाइ सास्ती काम लिएर समयमै काम सम्पन्न नगरेर जनतालाई ठुलो सास्ती:-
जन न्युज नेपाल खबर डट कम बिशेष प्रतिनिधि रामेछाप :- असार ३ गते आइतबार :-
आर डि निर्माण सेवा प्रोपाइटर तथा निर्माण ब्याबसायी महासंघ का कोषाध्यक्ष रोशन दाहालद्दारा काम लिएर समयमै काम सम्पन्न नगरेर जनतालाई सास्ती दोलखा जिल्लाको जिरी सिरवानी देखि रामेछापको विभिन्न स्थान को ठेक्काको जिम्मेवारी पाएको उक्त आर डि कम्पनीले समयमै काम नगरेर चरम शक्तिको दुरुपयोग गरेको र जनतालाई सास्ती दिएको स्थानीय जनताको गुनासो आउन थालेको छ। रोशन दाहाल निर्माण ब्याबसायी महासंघको कोषाध्यक्ष हुन।
उनलेे पैसा र पहुँचका आधारमा ठेक्का लिने र समयमै काम नगराउने प्रवृत्तिबाट स्थानीयवासीले ठुलो सास्ती भोग्नुपरेको गुनासो आउन लागेको छ। काम गराउन लाई आलटाल गर्दै समयमा काम सम्पन्न नगरीकन जनतालाई सास्ती दिइरहेका छन।भने सडक डिभिजन सग मोटो रकमको बार्गेनिङ ले गर्दाखेरि काम गर्न गराउनलाई आलटाल गरिएको पाइएको छ। भने समयमै काम नगरेर जनतालाई सास्ती दिने यस्ता ठेकेदारहरुलाई जनताले अब नछाड्ने बुझिएको छ। काम नगरीकन भ्रष्टाचार लाइ सघाउने र भ्रस्टाचारमा लिप्त रहने कमिसन खोरी काम नगर्ने नेताकार्यकर्ताहरु को गुलामी गर्ने जनताको सेवा सुबिधा को लागि खनिएको सडक निर्माणकार्यमा ढिलासुस्ती गर्ने समयमै काम सन्चालन गराउन नसक्ने र रकम मात्रै कमाउन खोज्ने यस्ता ठेकेदार र कम्पनीहरुलाइ अब जनताले नै आफ्नो विवेक प्रयोग गरेर कार्बाही गर्ने बुझिएको छ। दोलखाको जिरीबाट सिउरानी हुँदै रामेछापको फर्पु नामाडी बेताली रस्नालु ठोसे शिबालय गर्जाङ देउराली बाम्तीभन्डार लगाएतका ठाउँमा सडक निर्माणको जिम्मेवारी पाएको आर डि कम्पनीले काम गर्न सकेको छैन। भने सो ठाउँमा सडक को अवस्था कस्तो छ भन्ने कुरा तपाईंहरु आफैंले अनुमान लगाउन सक्नु हुनेछ। जनताको सुबिधा र बिकाशको लागि आएको रकम भ्रष्टाचारी र केही गद्दार ठेकेदारहरूको पोल्टामा पर्दा जनताको भबिस्य संग जोडिएको बिकाश को आधारहरु अन्धकारमय बन्दैछन। नेपाल सरकारको लाचारीपनाले सर्बसाधरण जनताहरु आजित भइसकेका छन। जनताले तिरेको कर बाट चल्ने सरकारले कमसेकम जनताको हितमा काम नगर्ने र आलटाल गरेर समयमै काम सन्चालन नगरेर जनतालाई सास्ती दिने यस्ता कम्पनी र
ठेकदारहरुलाइ यथासिघ्र कार्बाही अगाडि बढाउनको लागि सर्बसाधरण जनताको नेपाल सरकारलाई जोडदारमाग छ। समयमै काम होस जनताको पक्षमा काम होस सबैको यहीँ चाहाना छ। जन न्युज नेपाल खबर डट कम बिशेष प्रतिनिधि रामेछाप ठोसे.. ।।।
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामि सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामि मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिनु होला। धन्यवाद
प्रधानसम्पादक : नेत्र बहादुर कार्की
ठेगानाः ललितपुर १३, कुसुन्ती, नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२, ९८१८४०२१४०
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर : Healthplus Nepal
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
