रामेछाप जिल्ला देशको ५३ औं र प्रदेशको साँतौ खुल्ला दिशामुक्त जिल्ला घोषणा भएको छ।
जन न्युज नेपाल खबर डट कम प्रतिनिधि बिशेष रामेछाप मन्थलि :-
रामेछाप । जेठ २७ गते,
रामेछाप जिल्ला खुल्ला दिशामुक्त जिल्ला घोषणा भएको छ । आईतबार सदरमुकाम मन्थलीमा भएको एक विशेष कार्यक्रममा पदेश नम्बर ३ का सांसद शान्ति प्रसाद पौडेलले रामेछापलाई नेपालका ५३ औ खुल्ला दिशामुक्त जिल्ला घोषणा गरेका हुन् ।
भने विभिन्न सरकारी तथा गैरसरकारी संस्थाको सहयोगमा जिल्ला स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति रामेछापको आयोजनामा जिल्लालाई खुल्लादिशामुक्त भएको घोषणा गरिएको हो । यो संगै रामेछाप जिल्ला प्रदेश नम्बर ३ को साँतौ खुल्ला दिशामुक्त जिल्ला घोषणा भएको हो ।

जिल्लाको सवै स्थानीय तहका ६४ वटै वडामा करिव ४८ हजार १ सय ९२ घरमा सौचलय बनेर प्रयोगमा आएको जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रामेछापका प्रमुख लोक बहादुर चौलागाईले जानकारी दिए । कार्यक्रममा बोल्दै ३ नम्बर प्रदेशका सांसद शान्ति प्रसाद पौडेलले रामेछाप जिल्ला खुल्ला दिशामुक्त घोषणा हुन सरसफाई र सभ्यताको क्षेत्रमा ठुलो उपलब्धी भएको बताए । अब यो उपलब्धीलाई टेकेर जिल्लाले सरसफाईका सवालमा अझै धेरै काम गर्न आवश्यक रहेको उनको भनाई छ ।
एक अर्काे प्रसङगमा सांसद पौडेलले बाताबरण संरक्षण अहिलेको मुख्य कार्यभार रहेको बताए । 
सांसद पौडेलले प्रदेश सरकार सवै जनताको घरघरमा खानेपानी उपलब्ध गराउँन प्रतिवद्ध रहेको समेत बताए । जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्काले जिल्ला खुल्ला दिशामुक्त घोषणा भएकोमा खुशी ब्यक्त गरे । उनले खुल्ला दिशामुक्त जिल्ला बनाउनका लागि सहयोग गर्ने सम्पुर्ण सरकारी तथा गैर सरकारी संस्थाहरुलाई धन्यवाद ब्यक्त गरे ।
मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले जिल्ला खुल्ला दिशामुक्त घोषणा हुनु निकै खुशीको कुरा भएपनि जिल्ला सरसफाईको क्षेत्रमा अझै धेरै काम गर्न आवश्यक रहेको बताएका छन । जिल्लाको अधिकांस ठाउँहरु सुख्खाग्रस्त रहेकाले त्यस्ता ठाउँमा पानीको व्यवस्थापन गरी बनेका सौचालयहरुको प्रयोगलाई सवैले ध्यान दिनुपर्ने उनको भनाई छ ।

जिल्ला स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति अधयक्ष एवं जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्काको अध्यक्षता र सांसद शान्ति प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला स्थित विभिन्न गाउँपालिका प्रमुख ,उपप्रमुख , विभिन्न राजनैतीक दलका प्रमुख एवं प्रतिनिधिहरुले जिल्ला खुल्ला दिशामुक्त घोषणा भएकोमा खुशी ब्यक्त गरेका थिए ।
भने सो कार्यक्रममा राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरुले विभिन्न सांगितिक प्रस्तुती पनि दिएका थिए ।भने सो कार्यक्रममा काठमाडौं बाट रास्ट्रीय स्थरका कलाकारहरुको उपस्थिति रहेको थियो।
कलाकारहरू रामकुमार कार्की ,कुमार कार्की,राम कुमार पौडेल ,बिबस बस्नेत , शर्मिला श्रेष्ठ ,निरु कार्की ,सन्ध्या सानू,कलाकार तथा पत्रकार नेत्र बहादुर कार्की लगाएतका कलाकारहरु,काठमाडौं बाट आएका थिए।भने जिल्लामा रहेका रास्ट्रीय कलाकार दुर्गानारायण श्रेष्ठ ले आफ्नो बेजोड पर्स्तुती दिनु भएको थियो।,जिल्लालाई खुल्ला दिशामुक्त घोषणा गर्नका लागि सहयोग गर्ने विभिन्न सरकरी तथा गैर सरकारी संस्था र विभिन्न ब्यक्तिहरुलाई प्रमाणपत्रले सम्मान पनि गरिएको थियो।
भने सम्मानित हुनुहुने ब्यक्तित्वहरु समाजसेवी राजनीतिज्ञ लेख बहादुर कार्की ,बरिस्ठ इन्जिनियर नबराज सत्याल ,बरिस्ठ लोक गायक दुर्गा नारायण श्रेष्ठ लगाएत सामाजिक क्षेत्रमा योगदान पुर्याउनु हुने विभिन्न ब्यक्तित्वहरु सम्मानित हुनु भएको थियो।।

जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामि सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो।भने बिशुद्धसंग स्वास्थ्य सम्बन्धित जानकारी को लागि हेल्थप्लस डट कम हो।हामिहरुले मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिनु होला। धन्यवाद

प्रधानसम्पादक : नेत्र बहादुर कार्की
ठेगानाः ललितपुर १३, कुसुन्ती, नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२, ९८१८४०२१४०
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर : Healthplus Nepal
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२


