राष्ट्रिय संगीतकर्मी संघको चौथो रास्ट्रीय महाधिवेशन सम उदघाटन

नेत्र बहादुर कार्की जन न्युज नेपाल खबर डट कम
राष्ट्रिय संगीतकर्मी संघको चौथो महाधिवेशनको शनिबार उद्घाटन गरिएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा आयोजीत औपचारिक कार्यक्रमकाबीच कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले महाधिवेशनको उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रमलाई संवोधन गर्दै कानून न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले कलाकारीता क्षेत्रको सम्बद्र्धनका लागि राज्यले छुट्टै कानून ल्याएर ब्यवस्थापन गर्ने बताए ।

मन्त्री तामाङले कलाकारको सुरक्षाको लागि राज्यले संगीत क्षेत्रमा छुट्टै ऐन ल्याएर कलाकारहरुलाई सुरक्षाको प्रत्याभूति गराउने बताएका छन् ।

“हाम्रो कला र सस्कृति गौरवपूर्ण स्थान, कलाकर्मी उत्थानको लागि हाम्रो अभियान” भन्ने मूल नाराका साथ चौथो महाधिवेशनको आयोजना गरिएको हो ।

महाधिवेशन उद्घाटन सत्रमा मौलिक एवं पौराणिक पञ्चेबाजा साथै चर्चित कलाकारहरुद्वारा नृत्य हास्यब्याङ्गे कला प्रस्तुत गरेका थिए । उद्घाटन सत्रमा राजा राजेन्द्र, रमेश दुलाल ‘कागे’ लगायतका विभिन्न कलाकारहरुको उपस्थिति रहेको थियो।

महाधिवेशनको बन्दसत्र आइतबार हुने र आइतबार नै नयाँ नेतृत्व चयन हुने पनि गायक प्रकाश कटवालले जानकारी दिए ।
उद्घाटन सत्र राष्ट्रिय संगीतकर्की संघका अध्यक्ष नबराज घोरासैनीको अध्यक्षतामा भएको हो ।
उक्त समारोहमा रास्ट्रीय सभा सदस्य तथा चर्चित गायिका चर्चित गायक तथा समाज सेवि बिक्रम जङ शाह कोमल वलि बरिस्ठ लोक गायक कुमार बस्नेत सस्थापक अध्यक्ष घमेश दुलाल पुर्ब अध्यक्ष रेशम थापा बरिस्ठ उपाध्यक्ष नमराज ढुंगाना प्रथम उपाध्यक्ष राजेन्द्रकुमार कार्की उपाध्यक्ष प्रकाश कटुवाल डि बि लोप्चन अमृत खाती उमा श्रेष्ठ शर्मिला श्रेष्ठ
महाधिवेशन उद्घाटन कार्यक्रमकाबीच राष्ट्रिय संगीतकर्की संघको स्मारिका पनि विमोचन गरिएको छ ।
साथै चर्चित श्रष्टाहरुलाई सम्मान समेत गरिएको थियो। भने विभिन्न सास्कृत कार्यक्रम समेत गरिएको उक्त कार्यक्रममा बहुचर्चित हस्तिहरुले आफ्नो प्रस्तुतीकरण गरेर सबैलाई रमाइलो बनाउनु भएको उक्त कार्यक्रम साझ अबेर सम्म संचालन गरिएको थियो। भने १३ गते बालाजुमा बन्दसत्र गरेर चुनावी प्रक्रियाबाट नयाँ नेतृत्व चुनेर उक्त कार्यक्रम को समापन हुने कुरा पनि कार्यक्रम मा चर्चित गायक प्रकाश कटुवाल ले जन न्युज नेपाल खबर लाई जानकारी दिनु भएको थियो।
जन न्युज नेपाल खबर सधैं को लागि सबै को लागि