Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मन्थलीमा अत्याधिक गर्मी, लस्सी, मोही लगायतका चिसो पेय पदार्थको व्यापार बढ्यो


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, जेष्ठ ११ २०७५
  • 5.4K
    SHARES

रामेछापको सदरमुकाम मन्थलीमा अत्याधिक गर्मी, लस्सी, मोही लगायतका चिसो पेय पदार्थको व्यापार बढ्यो:-


रामेछाप । वैशाख ११ गते,जन न्युज नेपाल खबर डट कम प्रतिनिधि रामेछाप :-
रामेछापको सदरमुकाम मन्थलीमा अत्याधिक गर्मी बढेको छ । गत वैशाख ३१ गते मध्यरातमा आएको भिषण वर्षापछि सदरमुकाम मन्थलीमा ह्वात्तै गर्मी बढेको छ ।

वैशाख ३१ गते यता मन्थलीमा पानी समेत परेको छैन ।
जिल्लाको विभिन्न ठाउँमा सामान्य बर्षा भएपनि मन्थलीमा बर्षा नहुँदा गर्मी अत्याधिक बढेको हो । गर्मीका कारण मन्थली बजारबासीको दैनिकी कष्टकर बन्दै गएको छ । पंखा नचलाई बस्न नसक्ने मन्थली बासीलाई पटक पटक बिजुली जाने आउने समस्याले झनै गारो बनाएको छ । मन्थलीको विहिबार मध्यान्ह्को तापक्रम ३५ डिग्री सेल्सीयस भन्दा माथि पुगेको थियो । साँझ साढे ५ बजे तापक्रम घटेर ३४ डिग्री सेल्सीयस भएको थियो । अत्याधिक गर्मी भएपछि निकै व्यस्त रहने मन्थली बजारको सडक दिउँसो खाली हुन लागेको छ ।


अत्याधिक गर्मी बढेसंगै चिसो पेय पदार्थको भने व्यापार बढेको छ । मन्थलीमा लस्सी, मोही, कुल्फी, आइसक्रिम लगायत चिसो खानेको सङख्या बढि रहेको व्यापारीहरुको भनाई छ । मन्थली बजारमा रहेका दुध डेरी तथा अन्य पसलहरुमा लस्सी , मोही र कुल्फी खानेको बिहानैदेखी घुइचो लाग्ने गरेको व्यापारीहरुको भनाई छ । बजारमा अहिले लस्सी प्रति ग्लास ३५ रुपैयामा र मोही प्रति ग्लास १५ रुपैयामा विक्रि भैरहेको व्यापारीहरुको भनाई छ । गर्मी बढेसंगलै मोही पिउँने ग्राहक धेरै आउने गरेको मन्थलीमा संचालित चिरन्जिबी डेरीका संचालनक भानुभक्त श्रेष्ठ बताउछन् । आफ्नो पसलमा मोही पिउँने ग्राहकको विहानैदखी भिड हुने श्रेष्ठको भनाई छ । दैनिक ४ सय भन्दा बढि ग्राहक लस्सी ,मोही , कुल्फी लगाएत चिसो पदार्थ खान आउने गरेको संचालक श्रेष्ठको भनाई छ । मन्थलीमा दुधबाट बन्ने परिकार उत्पादन गर्ने २ वटा डेरी संचालनमा छन् । ती डेरीहरुले मन्थली आसपास र खिम्ती बजारबाट किसानहरुले ल्याएको दुधबाट लस्सी , मोही , दहि लगाएतका परिकारहरु उत्पादन गर्ने गरेका छन् । वहुराष्ट्रिय कम्पनिहरुले उत्पादन गरेका चिसो पेयपदार्थ खानेहरुको संख्या भने घट्दै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४