Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामेछापमा प्रधानध्यापकले विद्यार्थीलाई निर्घात कुटपिट गरी पिसाव खुवाएः बिधालय ब्याबस्थापनको निर्णयले प्रधानध्यापकलाई पदबाट हटाइयो :-


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, जेष्ठ ५ २०७५
  • 4.8K
    SHARES

जन न्युज नेपाल  खबर प्रतिनिधि  रामेछाप 

रामेछाप, जेष्ठ ५ गते ।
रामेछापको लिखु तामाकोसी गाउपालिका धोवी स्थीत झट्टेश्वर माध्यामिक विद्यालयका प्रधानध्यापक केबल बहादुर तिमिल्सिनाले आफ्नै विद्यार्थीलाई निर्घात कुटपिट गरी पिसाव खुवाएर यातना दिएको खुलासा भएको छ ।
पिडित विद्यार्थीहरुले प्रधानध्यापकको अत्याचार सहन नसकी शुत्रबार धोवी प्रहरीमा उजुरी दिए पछि यो कुरा बाहिर आएको हो ।
गाउपालिका अध्यक्ष गोविन्द बहादुर खड्काका अनुसार प्रधानध्यापक तिमिल्सिनाले कक्षा ७ मा अध्ययनरत बुद्ध तामाङ र लाक्पा तामाङलाई निर्घात कुटपिट गरी पिसाव पिउन बाध्य बनाएको जनाएको छ ।
प्रधानध्यापक तिमिल्सिनाले आफुले उछिङ्गल गतिविधी गर्ने विद्यार्थीहरुलाई सामान्य कारबाही गरेको बताए । उनका अनुसार जेष्ठ १ गते कक्षा ७ मा अध्ययनरत विद्यार्थिहरु वुद्ध तामाङ, लाक्पा तामाङ र गणेश बुढाथोकी मिलेर आफ्नै साथी साङविर तामाङलाई मिनरल वाटर बोतलमा पिसाव र थुक मिसाएर खुवाएको विद्यालय प्रशासनमा खबर आए पछि कारबाहि स्वरुप खुवाउनेहरुलाई पनि त्यहि पानी पिउन दिएको र खान नमाने पछि पाइपको टुक्राले सामान्य हिर्काएको स्वीकारे गरे । कारबाहिको क्रममा बोतलको पानी वुद्ध तामाङ र लाक्पा तामाङले पिएको र गणेश बुढाथोकीले पिउन नमाने पछि मात्र पिसावनै भएको विद्यार्थीले स्वीकारेको उनले बताए ।
यस्तै प्रधानध्यापक तिमिल्सिनाले अर्का कक्षा ९ मा अध्ययनरत ममिता तामाङलाई जेष्ठ २ गते आफ्नै साथीसंग झगडा गरेको भन्दै निर्घात कुटपिट गरेको छ । विद्यार्थी ममिता तामाङ गाँजा खाएर विद्यालय पढ्न आउने र साथीहरुसंग झैझगडा मात्र गर्ने गरेको भन्दै कपालमा समातेर गालामा पाँच चट्कन हानेको स्वीकार गरे ।
यता विद्यालय व्यवस्थापन समितिले शुक्रबार छलफलको लागि तत्काल वैठक डाकेको र प्रधानध्यापक वैठकमा नआए पछि बहुमतको आधारमा विद्यालय शिक्षकहरुको सहभागितामै प्रधानध्यापक पदबाट हटाइएको गाउपालिका अध्यक्ष गोविन्द बहादुर खड्काले जानकारी दिए । उनका अनुसार अब पुलिस प्रशासनमा संयुक्त उजुरी दिने र आबश्यक कारबाहिको लागि सिफारिस गरिने बताए ।
प्रधानध्यापक केबल बहादुर तिमिल्सिनाले आफुलाई विद्यालय ब्यवस्थापन समितिको बैठकको बारेमा केहि थाहा नभएको र गाउपालिका अध्यक्ष र वडाअध्यक्ष संग राम्रो सम्बन्ध नरहेकै कारण घटनालाई तोडमोड गरेर आफुलाई हटाउन खोजेको आरोप लगाए ।
प्रधानध्यापकबाट हटाउनकै लागि गाउपालिका र वडा कार्यालयबाट यत्रो खेल खेलेर बस्न आबश्यक नरहेको पनि उनले जिकिर गरेको छन।

जन न्युज नेपाल  खबर डट कम

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४