Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामेछाप अत्यधिक बर्षाको कारण बाढीले बगाएर बेपत्ताको तीब्र खोजी घाइतेको उपचार प्रबन्ध मिलाउन मन्त्री ढुङेल को निर्देशन :


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, जेष्ठ १ २०७५
  • 5.1K
    SHARES

जन न्युज नेपाल खबर डट कम रामेछाप प्रतिनिधि :-

वेपत्ताको तीव्र खोजी र घाइतेको उपचार प्रवन्ध मिलाउँन मन्त्री ढुंगेलको निर्देशन 

रामेछाप । जेठ १ गते ,
प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले रामेछापको सदरमुकाम मन्थलीमा भएको घटना प्रति दुःख व्यक्त गरेका छन् । उनले बाढिका कारण मन्थलीमा भएको मानविय तथा भैतिक संरचना क्षेती प्रति गहिरो दुःख व्यक्त गरेका छन् । मन्त्री ढुंगेलले रणजोर खोलाले बगाएर वेपत्ता भएकी आकाशेकी १८ बर्षकी उष्मा फुयालको खोजी कार्यलाई तिव्रता दिन र घाइतेहरुको उचित औषध उपचारको प्रवन्ध गर्न मातहतको निकायलाई निर्देशन समेत दिएका छन् । उनले अकल्पनीय बर्षापछि भएको मानविय तथा भौतिक क्षेतीका बारेमा तत्काल यकिन गरि आवश्यक प्रवन्ध मिलाउन पनि निर्देशन दिएका छन् । बाढिका कारण भएको क्षेतीले गर्दा नागकिलाई थप समस्या आउन नदिन तत्काल क्षेति भएका भौतिक संरचना निर्माणमा जुट्न सबैलाई आग्रह समेत गरेका छ् ।
यता रामेछापको सदरमुकाम मन्थलीमा रणजोर खोलाले बगाएर वेपत्ता भएकी उष्मा फुयालको अवस्था अहिलेसम्म अज्ञात रहेको छ । भिषण बर्षापछि रणजोर खोलमा आएको बाढीले बगाएर सोमबार विहान ६ बजेदेखी वेपत्ता भएकी मन्थली आकाशेकी १८ बर्षकी फुयालको खोजीकार्य जारी राखिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयहरुले सोमबार दिनभर फुयाललाई बगाएको रणजोर खोलादेखी त्रीवेणी स्थित सुनकोशीसम्म खोजी गरिएपनि फेला नपरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक राजेन्द्र थापाले जानकारी दिए । प्रहरी निरिक्षक थापाका अनुसार सोमबार साँझ अबेर सम्म फुयाललाई बगाएको ठाउँ रणजोर खोलामा पुरिएको हुनसक्ने अनुमानले मन्थली नगरपालिकाको स्काभेटर लगाएर खोजिएपनि फेला नपरेपछि मंगलबार बिहानैदेखी सुनकोशी र तामाकोशीमा खोजी कार्यलाई तिव्रता दिइएको छ ।
वेपत्ता फुयाल मन्थली माविबाट मन्थली नगरपालिका वडा नम्बर ७ भटौलीमा रहेको रुद्राक्षेश्वर मावि परिक्षा केन्द्रमा कक्षा ११ को परिक्षा दिन ६ जना साथीसंगै गएकी थिइन् । उनीसंगै परिक्षा दिन गएका ६ जनालाई पनि खोलाले बगाएको थियो । उनीसँग खोलाले बगाएका अन्य ६ जना छात्राहरुको भने सकुसल उद्दार गरिएको छ । उनीहरु मध्ये तीन जना सामान्य घाइते भएका छन् । बगाएका मध्ये केहीको रणजोर खोला र केहीको तामाकोसी नदीबाट उद्दार गरिएको थियो । आइतबार राति १२ बजेपछि परेको भिषणवर्षा पछि आएको बाढी पहिरोले अस्तव्यस्त भएको मन्थली बजारमा अहिले यातायातको साधन संचालन हुन थालेको छ । बजारमा ठाउँठाउँमा जम्मा भएका माटोको ढिस्कालाई स्काभेटरले पन्छाएपछि यातायातका साधनहरु संचालन गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक राजेन्द्र थापाले जन न्युज नेपाल खबर लाई बताए। कारण बजारमाथि खहरेहरुमा आएको बाढीले बसपार्क क्षेत्रका अधिकाँस घरहरुमा पानी र लेदो माटो पसेको थियो । खहरेमा आएको बाढीले बगाएको माटो र गेगरले बसपार्कमा राखिएका गाडीहरु तथा घरको छेउमा राखिएको मोटरसाइकल तथा ट्रकहरु समेत पुरिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४