काठमाडौं– कांग्रेस केन्द्रीय समिति बैठकले पार्टी महासमिति बैठक भदौमा गर्ने निर्णय गरेको छ । महासमिति बैठकको मिति भने पछि बस्ने बैठकले निर्णय गर्ने जनाइएको छ । त्यस्तै सो पार्टीले बैठकमा आएका प्रस्तावहरुलाई सामुहिक विमर्शमा लगेर समाधान गर्ने निर्णय गरेको छ ।
बैठकले अघिल्लो निर्वाचनमा हार बेहोर्नुको प्रमुख कारण बाम गठबन्धननै भएको निश्कर्ष निकाल्दै हारको जिम्मेवारी आ–आफ्नै हिस्सेदार अनुसार लिनुपर्नेमा जोड दिइएको कांग्रेस प्रवक्ता बिस्व प्रकाश शर्माले जन न्युज नेपाल खवर डट कम लाइ जानकारी गराउनुभएको छ ।