Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मन पराउने, अफर दिने धेरै छन् : तरकारीवाली


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख ८ २०७५
  • 3.7K
    SHARES

नेत्र बहादुर कार्की वैशाख ८ गते शनिबार                                                                                                                                                                                गोरखामा:तरकारी बोकेर बजार जाँदै गर्दा एक पटक उनी यसरी चर्चामा आइन् कि एकै रातमा देश तथा विदेशले चिन्यो तर त्यो चर्चा लामो समयसम्म रहेन । अचानक हराइन् । अब फेरि उनी एक पटक फिल्मी पर्दामा छाउने तरखरमा छिन् । उनी अर्थात कुशुम श्रेष्ठ । कुशुम तरकारीवालीको नामले भइरल भएकी युवती हुन् । तस्बिर भाइरल भएपछि सबैतिर चिनिएकी उनी ‘लम्फू’ चलचित्र मार्फत पर्दामा छाउन लागेकी हुन् । २८ वैशाखदेखि प्रदर्शनमा आउने यो चलचित्रको उनी मुख्य भूमिकामा रहेकी छन् । चलचित्रको अहिले प्रचारप्रसार भइरहदा उनको पनि चर्चा चल्न थालेको छ । ‘लम्फू’मा आफ्नो निक्कै राम्रो भूमिका रहेकाले अभिनयमा स्थापित हुने उनी बताउँछिन् । आकर्षक अनुहार, मनमोहक मुस्कान र हाइट राम्रो भएकी कुशुमसँग एकै भेटमा जो कोही पनि मोहित हुन सक्छ । उनै कुशुमसँग जन न्युज नेपाल खवर डट कम ले गरेका दश प्रश्न : यस्ता छन् 

 १-फिल्मी यात्रा भर्खर सुरु भएको छ, कस्तो लागिरहेछ ?
– रमाइलो मनिरहेकी छु । एक्साइटेड छु । ‘लम्फु’ मेरो डेब्यु चलचित्र हो । भग्यले साथ देला भन्ने छ । चलचित्र राम्रो बनेको छ । चल्छ होला । म पनि हिट हुन्छु भन्ने छ ।                                                                               २–एक त भाइरल गर्ल, त्यसमा पनि नायिकाको रूपमा देखिँदै हुनुहुन्छ । आफ्नो सौन्दर्यको ख्याल कतिको गर्नुहुन्छ ?
– अहिलेसम्म त्यस्तो केयर गर्ने गरेकी छैन । सिम्पल भएर हिँड्न रुचाउने केटी हुँ । आँखामा गाजल, ओठमा लिपस्टिक र गालामा क्रिम पाउडर लगाउन भने छुटाउँदिन ।

३-फिटनेसतिर रुचि छ ?
– कहिले काहीँ घरमै गर्ने गरेकी छु । म गाउँमा हुर्किएकी छोरी हुँ । त्यसैले घरको कामले नै मेरो एक्सरसाइज हुने गरेको छ । अहिले भने मर्निङ वाक पनि जान थालेकी छु । 

४-फेसनतिर लगाव त होला नि, हैन ?
– त्यस्तो लगाव भन्ने छैन । आफूलाई राम्रो लागेको, सुहाउने किन्छु । चलेकै पहिरन भए पनि आफूलाई सुट गर्दैन भने लगाउँदिनँ । पहेँलो कलरको पहिरन मलाई निकै मनपर्छ र सुहाउँछ पनि । कुर्ता, सुरुवाल, वान पिस, पाइन्ट, टिसर्ट लगायतका प्रायः सबै प्रकारका पहिरनमा राम्री देखिन्छु । सीधै भन्नुपर्दा सिम्पल ड्रेसमा म राम्री देखिन्छु । 

५-घुम्न कति मनपर्छ ?
– धेरै मनपर्छ । प्राकृतिक सौन्दर्यले भरिएको नयाँ ठाउँ मनपर्छ । भ्रमण मेरो अर्काे रुचिको विषय हो ।

६-नराम्रो बानी ?
– मानिस भएपछि राम्रो र नराम्रो बानी दुवै हुन्छ । आफैले भन्नुपर्दा ढिलो उठ्ने मेरो नराम्रो बानी होला । किन किन म बिहान छिटो उठ्नै सक्दिनँ ।

७-लक्ष्य ?
–अभिनयमा पाइला राखेकी छु । सफल बनेर अभिनेत्रीका रूपमा सबै माझ परिचित हुने लक्ष्य छ ।

८-प्रेममा हुनुहुन्छ ?
– छैन । मलाई प्रेम गर्ने, मन पराउने, आफर दिने धेरै छन् । अहिले करियर बनाउने बेला हो । पहिले करियर बनाउँछु अनि प्रेमको विषयमा सोचौंला भन्ने गरेकी छु ।

९-मनपर्ने हिरो ?
–आर्यन सिग्देल, पल शाह, प्रदीप खड्का, अनमोल केसी मनपर्छ ।

१०-डेटको अफर मिल्यो भने ?
– अहिले नै नभनौ  होला । यस विषयमा पछि कुरा गरौंला । 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४