Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गोविन्द केसीको नेतृत्वमा माइतीघर मण्डलामा प्रदर्शन


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख ८ २०७५
  • 8.6K
    SHARES

काठमाडौं–सरकारले प्रर्दशनका लागि निश्चित स्थान तोकेको विरोधमा नागरिक अगुवाले राजधानीको माईतीघर मण्डलामा प्रर्दशन गरेका छन् ।

डाक्टर गोविन्द केसीको नेतृत्वमा शनिबार राजधानीको माईतीघर मण्डलामा विरोध प्रर्दशन भएको हो ।

राजधानीको माईतीघर मण्डला लगायतका स्थानलाई निषेधित क्षेत्र घोषणा गर्दै सरकारले प्रर्दशन, सभा लगायत कार्यक्रमका लागि अन्य विभिन्न ७ स्थान तोकेपछि सो निर्णयको विरोध गरिएको हो ।
‘ओली सरकार खबरदार, मौलिक हकमा किन प्रहार, नागरिक स्वतन्त्रतामा अतिक्रमण बन्द गर’ लगायत नारा सहितका प्लेकार्ड बोकेका प्रर्दशनकारीले मण्डला परिसरमा केही समय सरकार विरोधी नारा पनि लगाए ।

प्ले कार्ड सहित प्रर्दशनको नेतृत्व गरेका डाक्टर केसीले सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रता हनन गर्ने काम गरेकोमा आपत्ती जनाए ।

प्रर्दशनकारी उज्वल राणाले विगतमा निश्चित स्थानलाई मात्रै निषेधित क्षेत्र घोषणा गर्ने सरकारले अहिले सबै स्थानमा रोक लगाउदै प्रर्दशन, सभाका लागि निश्चित स्थान तोक्नुले पञ्चायत र राणा शासन भन्दा पनि बढी निरंकुश बन्दै गएको स्पष्ट भएको बताए ।

जिल्ला प्रशासन कार्यालय काठमाण्डौले बैशाख १६ गते देखि लागू हुने गरी २ गते सूचना जारी गर्दै खुल्लामञ्च, तिनकुने खुल्ला चौर कोटेश्वर,भुईखेल चौर भगवान पाउ,पेप्सीकोला खेल मैदान, सानो गौचरण फुटबल, लैनचौर समाजकल्याण परिषद् अगाडिको खुल्ला स्थान र सिफल चौर गौशाला बाहेकका स्थानमा सभा, प्रर्दशन गर्न रोक लगाईएको जनाएको थियो । जन न्युज नेपाल खवर

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४