मालिन्दो एयर चौरमा भासिदा आवागमन अबरुद्ध!
Purna Kc
वैशाख ७, काठमाडौं । देशको एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार राति मालिन्दो एयरको विमान दुर्घटनापछि आवागमन अबरुद्ध भएको छ । विमान धावनमार्गमा धसिँदा विदेशबाट यात्रु लिएर आएका विमान फर्काइएका छन् भने तय भएका उडान अन्योलमा परेको छ ।
रन वेबाट चिप्लिएर चौरमा पुगे पनि मानवीय क्षति भने भएको छैन । तर, विमान नहटाइएसम्म अन्य उडान अवतरणमा कठिनाइ भएको विमानस्थल स्रोतले जनन्युजनेपालखबर लाई बतायो ।
गएरातिदेखि नै मालिन्दोको जहाजलाई हटाउने प्रयास भइरहेको छ । तर, शुक्रबार बिहान पनि हटाउन सकिएको छैन। विमानस्थल स्रोतका अनुसार, यसलाई हटाउन अझै केही घण्टा लाग्ने छ । उडान ठप्प हुँदा सयौं यात्रु अलपत्र परेका छन् ।