काठमाडौं । रातो मच्छिन्द्रनाथको रथ आजदेखि तान्न सुरु गरिएको छ । ललितपुरको पुल्चोकमा बनाइएको रथ पुल्चोकबाट तानेर साँझ गावाहलसम्म पुर्याइनेछ ।
रातो मच्छिन्द्रनाथ रथयात्रा नेपालकै सबैभन्दा लामो जात्राको रुपमा मानिन्छ । रथयात्राले गर्दा ललितपुर जिल्लामा चल्ने सवारी साधन ठप्प हुने गरेको छ ।
विशेषगरी रथयात्राको पहिलो दिन हात्तिवन, लगनखेल र जावालाखेलबाट रत्नपार्क जाने/आउने सवारी साधनलाई असर पार्ने गरेको छ ।