काठमाडौँ । नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री आनन्द पोखरेलले एमाले–माओवादी केन्द्रबीचको एकता गणितको आधारमा नहुने स्पष्ट पारेका छन् ।
उनले भने, ‘संख्या अर्थात् ५०–५० को आधारमा एकता हुँदैन, अनुपात, गणित वा बराबरीको आधारमा हुँदैन, म स्पष्ट पार्न चाहन्छु ।’
राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै नेता पोखरेलले पार्टी एकता भन्नेबित्तिकै दुवै पार्टी अब एक हुने भएकोले गणितको आधारमा एकता नहुने स्पष्ट पारे । ‘एकता भन्नेबित्तिकै दुवै पार्टी अब एक रह्यो, त्यसैले गणितको आधारमा एकता हुँदैन्’ उनले भने,‘प्रश्न गणितको होइन, हामी योग्य र सक्षम नेताहरुलाई जिम्मेवारी दिन्छौं, संख्या त १÷२ जना तलमाथि हुनसक्छ।’
साक्षात्कारमा बोल्दै उनले दुवै पार्टीका नेताहरुले अब एकता प्रक्रियालाई छामछामछुमछुम पार्न नहुने स्पष्ट पारे । उनले पार्टी एकता बराबरी वा घटी भन्दापनि दुवै पार्टीका नेताहरुलाई सम्मानजनक रुपमा
व्यवस्थापन गर्नेगरि हुने जिकिर गरे । उनले भने,‘एक÷दुई जना एमालेका वा एक÷दुई जना माओवादीका साथीहरु बढी घटी हुनसक्छन्, संख्याको आधारमा एकता हुँदैन्।’
मुलुकमा ५० वर्ष नेतृत्व प्रदान गर्नेगरि दुवै पार्टीबीच एकता हुने उनको भनाई थियो । जन न्युज नेपाल खवर