Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मेगा बैंकको सिइओमा खु्ञ्जेली नियुक्त


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख ५ २०७५
  • 2.9K
    SHARES

काठमाडौं– मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा अनुपमा खुञ्जेली नियुक्त भएकी छन् । उनलाई बैंकको गत बिहीबार बसेको बैठकले सिइओमा नियुक्त गरेको हो । मेगा बैंकको यो निर्णयसँगै खुञ्जेली ‘क’ वर्गको वाणिज्य बैंकको पहिलो महिला सिइओ बनेकी छन् ।

सिइओ नियुक्त भएलगत्तै खुञ्जेलीले मेगा सञ्चालक समितिले दिएको जिम्मेवारीप्रति धन्यवाद दिंदै आभार व्यक्त गरेकी छन् ।  मेगा बैंकका संस्थापक, सर्वसाधारण शेयरधनी, ग्राहकवर्गहरु, कर्मचारी एवम् समस्त सरोकारवालाहरुको विश्वास जित्ने गरी बैंकलाई अगाडि बढाउन आफू प्रतिबद्ध रहेको समेत उनले अठोट गरिन् ।

मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले नवनियुक्त सिइओ खुञ्जेलीले मेगालाई सफलताको नयाँ उचाईमा  संचालक समिति विश्वस्त रहेको बताए । नेपालको इतिहासमै पहिलो महिला सिइओ बन्ने अवसर प्राप्त गरेकोमा उनले बधाई र कार्यकाल सफलताको कामना समेत गरे ।

यसअघि कायममुकाम सिइओ रहेकी खुञ्जेली स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत छन् । ८ वर्षअघि मेगा बैंकमा नायब महाप्रबन्धकबाट सेवा प्रवेश गरेकी उनी नायब प्रमुख कार्यकारी अधिकृत हुँदै कायममुकाम सिइओ बनेकी थिइन् ।

खुञ्जेलीको सन् १९९१ मा तत्कालीन ग्रिनलेज बैंक अर्थात अहिलेको स्ट्यान्डर्ड चार्टड बैंकबाट करिअर गरी २७ वर्षको बैंकिङ करिअरको अनुभव रहेको मेगा बैंकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४