Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आँपको कोया फाल्नेहरुका लागिः चकित पारिदिने यसका ११ फाइदा


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र ३० २०७४
  • 4.9K
    SHARES

आँपलाई फलको राजा यत्तिकै भनिएको होइन । गुलियो आँपको स्वादको बराबरीमा उत्रनु कुनै पनि फलका लागि सम्भव छैन । रसिलो आँप निकै स्वादिलो हुनुका साथै यसको कोया पनि स्वास्थ्यका लागि कुनै वरदानभन्दा कम छैन । आयुर्वेदका अनुसार आँपको रुखको प्रत्येक भाग निकै उपयोगी हुन्छन् – बिऊ, फूल, फल र बोक्रा । यस्तै, आज हामी तपाईंलाई आँपको कोयाको उपयोगीताका बारे जानकारी दिँदै छौं । आँपको कोयालाई पाउडर, तेल र बटरमा रुपान्तरण गर्न सकिन्छ ।

 

आँपको कोयाका फाइदा

१. कपाललाई चायाँमुक्तः

आँपको कोयाले तपाईंलाई कपालमा पर्ने चायाँबाट छुटकारा दिलाउँछ । आँपको कोयाबाट बनाइएको बटरलाई कपाललाई मुलायम र बाक्लो बनाउनका लागि प्रयोग गर्नुहोस् । यसलाई तपाईंले तोरीको तेलमा मिसाएर लगाउनुहोस् र केही दिनसम्म यत्तिकै छोडिदिनुहोस् । यसको प्रयोगले कपाल झरेर तालु हुने समस्या, चाँडै कपाल फुल्ने समस्या र चायाँबाट राहत प्रदान गर्छ ।

यस्तै, आँपको कोयाको तेल फ्याटी एसिड, मिनरल्स र भिटामिनले भरिपूर्ण हुन्छ । यदि चाहनुहुन्छ भने यसको तेल घरमा नै बनाउन सक्नुहुन्छ । आँपको कोयाभित्रको १०÷१२ वटा बियाँ निकालेर मज्जाले सुकाउनुहोस् । निकै मसिनो गरेर त्यसलाई कुट्नुहोस् र कपडाले छान्नुहोस् र नरिवलको तेलमा पकाउनुहोस् । यो मिश्रणलाई २५÷३० दिनसम्म नियमित रुपमा टाउकोमा लगाएर मालिस गर्नुहोस् । यसले कपाल झर्न रोक्छ र कालो पनि बनाउँछ ।

२. स्वस्थ मुस्कान, बलियो दाँतः

आँप रुखको हरियो पातलाई सुकाएर पिस्नुहोस् । आँपको कोयालाई मसिनो पारेर पिस्नुहोस् र दुबैलाई मिसाएर छान्नुहोस् । दैनिक यो पाउडरले दाँत माझ्दा दाँत सफा र बलियो हुन्छ । दाँतको दुखाई पनि टाढा राख्छ । दैनिक आँपको पातलाई केहीबेर चपाएर थुक्दा दाँत हल्लिने र रगत आउन बन्द हुन्छ ।

३. झाडापखालाः

आँपको कोयाभित्रको बियाँलाई पिसेर बनाइएको पाउडरलाई दैनिक तीनपटक सेवन गर्दा झाडापखाला निको हुन्छ । आँपको बियाँलाई शितलमा सुकाउनुहोस् र त्यसलाई मसिनो पारेर पिस्नुहोस् । यसको १ –२ ग्राम पाउडरलाई महसँग खानुहोस् ।

४. मोटोपनाः

मोटो व्यक्तिका लागि आँपको कोयाको पाउडर निकै फाइदाजनक मानिन्छ किनभने यसले तौल कम गर्न सहयोग गर्दछ । यसले तौल घटाउँछ, कोलेस्ट्रोलको स्तरलाई कम गर्छ र रक्तसंचारलाई ठिक राख्छ ।

५. कोलेस्ट्रोलः

आँपको कोयाले रक्तसंचार वृद्धि गर्दछ जसका कारण कोलेस्ट्रोल कम गर्दछ । यसले अप्रत्यक्ष रुपमा रगतमा चीनिको मात्रालाई कम गर्दछ ।

 

६. मुटुजन्य रोगः

आँपको बियाँको मध्यम प्रयोगले मुटुजन्य रोगलगायत हाइपर टेन्सनलाई कम गर्दछ । हाम्रो स्नायू प्रणाली  मुटु र रक्तनलीसँग जोडिएको हुन्छ । हाम्रो दैनिक आहारमा कम मात्रामा आँपको कोयाभित्रको भागलाई सम्मिलित गर्ने हो भने यसले मुटुरोग र उच्च रक्तचापको समस्यालाई टाढा राख्छ ।

७. स्वस्थ कपालः

आँपको बियाँको तेल फ्याटी एसिड, मिनरल्स र भिटामिनले भरिपूर्ण हुन्छ । तपाईंको यसको तेललाई घरमा नै निकाल्न सक्नुहुन्छ ।

कसरी ?

आँपको कोयाको बाहिरी भाग हटाउनुहोस् ।

यसलाई नरिवल, जैतुन, तेल र तोरीको तेलमा मिसाउनुहोस् ।

यसलाई ग्लासको जारमा राख्नुहोस् र एक हप्तासम्म घाममा राख्नुहोस् ।

यसो गर्दा कपाल, नरम, बाक्लो र मुलायम हुन्छ ।

८. स्वस्थ छालाः

आँपको बियाँलाई उत्कृष्ट मोइस्चुराइजरको रुपमा लिइन्छ । आँपको बियाँबाट जुन बटर निकाल्न सकिन्छ त्यसलाई विभिन्न लोसनमा प्रयोग गरिन्छ । यसको बियाँबाट निकालिएको बटरलाई अनुहारमा लगाउँदा पनि चिपचिप हुने समस्या देखिँदैन ।

९. मोइस्चुराइजरः

आँपको बियाँको बटर सुख्खा छालाको लागि बरदान सरह हो । आँखा, गालाको कोमल छालामा यो बटर लगाउँदा निकै फाइदा पुर्याउँछ ।

१०. सुख्खा ओठः

तपाईंले आँपको बियाँको बटरलाई शत प्रतिशत प्राकृतिक लिप बामको रुपमा प्रयोग गर्न सक्नुहुन्छ । सुत्नुअघि फुटेको ओठमा यसको बटर लगाउनुहोस् । यसले ओठलाई नरम र मुलायम बनाउन सहयोग गर्दछ ।

११. महिनावारी हुँदा अत्यधिक रक्तश्रावबाट जोगाउँछः

आँपको बियाँको चूर्णलाई दही र नुन मिसाएर खाँदा महिनावारी हुँदा अत्यधिक रक्तश्रावबाट जोगाउँछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४