Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ठमेल र बसपार्क क्षेत्रलाई जोड्न माग


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र ३० २०७४
  • 3.5K
    SHARES

काठमाडौँ ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले नयाँ बसपार्क क्षेत्रमा रोजगारीका लागि व्यवस्थित बनाउनुपर्ने बताएका  छन् ।

‘प्रथम नयाँ बसपार्क सडक महोत्सव’को आज उद्घाटन गर्दै उनले नयाँ बसपार्कलाई सफा राखेर स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षण गर्नुपर्छ भने ।

नेकपा माओवादी केन्द्रका नेता हिमाल शर्माले बसपार्कलाई ‘स्मार्ट बसपार्क’ बनाउन गुरुयोजना निर्माण गरेर सरकारलाई बुझाइसकिएको बताए ।

काठमाडौँ महानगरपालिका वडा नं २६ का वडाध्यक्ष ख्यामराज तिवारीले मुलुकको आर्थिक मेरुदण्डका रुपमा रहेको ठमेल क्षेत्र र बसपार्क क्षेत्रलाई एकआपसमा जोड्न सके मात्र बसपार्कलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउने बताए । “ठमेलमा आउने पर्यटकलाई बसपार्क ल्याउन गरी बसपार्क क्षेत्रलाई राम्रो बनाउन जरुरी छ,”, उनले भने ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले राष्ट्रिय बसपार्कलाई नमूना बसपार्कका रुपमा चिनाउनका लागि महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताए । महोत्सवका संयोजक विष्णु पोखरेलले विसं २०७२ को भूकम्पले क्षति पुगेको नयाँ बसपार्क क्षेत्र सुरक्षित क्षेत्रका रुपमा रहेको सन्देश दिन महोत्सव आयोजना गरिएको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४