Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एकै पटक २६ उच्च प्रहरी अधिकृत बिदाई, सर्वेन्द्रले भने– संगठनको उचाई थप्ने काम गर्छु


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र २८ २०७४
  • 4.5K
    SHARES

काठमाडौं– नेपाल प्रहरीका आईजीपी प्रकाश अर्यालसहित २६ उच्च प्रहरी अधिकृतलाई प्रहरी प्रधान कार्यालयले बिदाई गरेको छ ।

३० बर्षे सेवा अवधिका कारण सेवा निवृत भएका संगठन प्रमुख सहितका एआईजी र डिआईजीहरुलाई नवनियुक्त प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बिदाई गरेका छन् ।

बुधवार साँझ प्रहरी प्रधान कार्यालयमा अयोजित बिदाई कार्यक्रमा बोल्दै नवयिनुक्त प्रहरी प्रमुख खनालले प्रहरी संगठनको उचनाई थप्ने गरी काम गर्ने बताएका छन् ।

‘फोर्समा दाजुभाई भन्ने हुँदैन तर मैले सिनियर सरहरुसँग ब्रदरहुडको भावनाले काम गर्ने अवसर पाएँ’ उनले भने, ‘अबको दिनमा प्रहरी संगठनको उचनाई थप्ने गरी काम गर्नेछु ।’

आफुलाई प्रहरी प्रमुख बन्ने अवसर प्रदान गरेको भन्दै गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्री केपी ओलीलाई धन्यवाद दिएका खनालले प्रहरी सेवामा कुनै कसर नराखिकन दृढ भएर अगाडि बढ्ने बताए ।
उनले भने, ‘प्रहरीलाई आवश्यक साधन, स्रोत र बाधा ब्यवधान हटाउन तालुक निकाय गृह मन्त्रालयबाट सहयोग हुनेछ भन्ने विश्वास छ, आगामी दिनमा प्रहरी सेवामा कुनै कसर नराखिकन दृढ भएर अगाडि बढ्ने छु ।’ सेवा निवृत भएका प्रहरी अधिकारीहरुले भोलीको दिनमा ‘नयाँ नेतृत्वले राम्रो गरेछ’ भन्ने म्यासेज दिनेगरी काम गर्ने प्रण गरेका खनालले नागरिकलाई दिने प्रहरी सेवा अझै राम्रो हुने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४