Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘आईजीपी’ अर्यालसहितका उच्च प्रहरी अधिकारीको गरियो विदाई,:


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र २८ २०७४
  • 4.5K
    SHARES

काठमाडौँ–    तीस बर्ष सेवा अवधि पुरा गरी सेवानिबृत्त भएका  प्रहरी महानिरीक्षक (आईजीपी) प्रकाश अर्याल, प्रहरी अतिरिक्त महानिरीक्षकहरु तथा प्रहरी नायव महानिरीक्षकहरुलाई बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित बिशेष समारोहबीच बिदाई गरिएको छ ।
उनीहरुलाई नवनियुक्त प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले फूलमाला लगाई हार्दिक बिदाई गरेका हुन् ।

बिदाई समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक अर्यालले तीन दशक लामो प्रहरी सेवाको व्यावसायिक यात्राबाट औपचारिक बिश्राम लिई निवृत्त हुन लाग्दा भव्य बिदाई कार्यक्रमको आयोजना गरी आफुलाई हार्दिकतापूर्वक सम्मान दिएकोमा  नेपाल प्रहरी संगठन परिवार र नवनियुक्त प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल प्रति हार्दिक आभार प्रकट गरे ।
नेपाल प्रहरीको उच्चपद सम्मको अबिराम यात्राका विभिन्न व्यावसायिक मोडहरूमा मार्गनिर्देश गर्ने समस्त सम्झन योग्य प्रहरी जनहरूप्रति आभार व्यक्त गर्दैै उनले आफुले गरेका सबै सत्कर्महरूमा उनीहरूको योगदान तथा सत्प्रयासहरूको स्मरण गरे ।
विभिन्न कालखण्डमा देश र जनताको सेवामा आफ्नो जीवन न्यौछावर गर्ने सम्पूर्ण कर्मशील अमर तथा वीर प्रहरीहरूको शहादतको उच्च प्रशंसा गर्दै उनले सतहमा देखिने प्रहरी संगठनको आधारहरू निर्माणमा उनीहरूको रगत र पसिनाको सिञ्चनको विशिष्ट महत्व रहेको स्मरण गरे ।
संगठनमा हरेक कुरामा प्रणालीको विकास गरी सांगठनिक क्रियाकलापहरु स्थापित प्रणाली बमोजिम संचालन गर्ने, सामुहिक निर्णय गर्ने अभ्यासलाई संस्थागत गर्ने, संगठनका कार्यलाई पारदर्शी बनाउने, सही मूल्याङ्कन पद्धतीको विकास गर्ने तथा कर्मचारीको बृत्ति विकास गर्ने कुरामा जोड दिई हरेक सदस्यहरुमा संगठनप्रति अपनत्व र एक आपसमा भाइचाराको भावना बढाउने कुरामा प्राथमिकतामा राखेर आफुले काम गरेको बताए ।
समारोहमा नवनियुक्त प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी महानिरीक्षक अर्याल लगायत सेवा निवृत्त हुन लागेका  अन्य वरिष्ठ प्रहरी अधिकृतले राष्ट्र, जनता र संगठनप्रति पुर्याएको अमूल्य योगदानका लागि नेपाल प्रहरीको सिङ्गो परिवारको तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गरे ।     सेवानिबृत्त भएका प्रहरी अतिरिक्त महानिरीक्षकहरु बमबहादुर भण्डारी, जयबहादुर चन्द, देवेन्द्र सुवेदी, पशुपति उपाध्याय, केशरीराज घिमिरे, माधव प्रसाद जोशी, बिजयलाल कायस्थ, कमलसिंह बम, मिङमार लामा, रणबहादुर चन्द, बिजयकुमार भट्ट, हेमन्तबहादुर पाल, मधु पुडासैनी, माधव प्रसाद नेपाल, पंकज श्रेष्ठ तथा प्रहरी नायव महानिरीक्षकहरु गोविन्द प्रसाद निरौला, रोमेन्द्र सिंह देउजा, सुदिप आचार्य, गणेश के.सी., केदारमान सिंह भण्डारी, रमेश कुमार भट्टराई, भोगबहादुर थापा, पुस्कलराज रेग्मी र पुष्पचन्द्र रंजित रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४