Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

Breaking News: सशस्त्र प्रहरी प्रमुख (आईजीपी)मा शैलेन्द्र खनाल नियुक्त:


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र २७ २०७४
  • 3.5K
    SHARES

काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलको प्रमुख (आईजीपी) मा शैलेन्द्र खनाललाई नियुक्त गरेको छ । मंगलबार दोस्रोपटक बालुवाटारमा बेलुकी साँझ बसेको मन्त्रिपरिषद बैठकले एआईजी खनाललाई आईजीपीमा नियुक्त गरेको हो ।

खनाल आफ्ना प्रतिस्पर्धीभन्दा १० महिना सिनियर सशस्त्र प्रहरी अधिकृत हुन् ।

को हुन् शैलेन्द्र खनाल ?

नेपाल प्रहरीबाट सशस्त्र प्रहरी बलमा छिरेका शैलेन्द्र खनाल व्यवसायिक र इमान्दार अफिसरको रुपमा परिचित छन् । आफ्ना ब्याचमेटहरु नेपाल प्रहरीमा भर्खर प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) दर्जामा भए पनि खनाल सशस्त्र प्रहरी बलको बागडोर सम्हाल्ने भाग्यमानी अफिसर हुन् ।

सरकारले खनाललाई एआईजी बढुवा गरेको बेला सशस्त्रका डिआईजी उत्तम खड्का उनको बढुवाविरुद्व सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिट उपर अन्तरिम आदेश नभसँगै खनालको आईजिपी हुने बाटो तय भैसकेको थियो ।

त्यतिबेला जित बहादुर पुन खनालसँगै एआईजीमा बढुवा भएपनि उनी पदावधिका कारण घर गईसकेका छन् । त्यसैबेला पछि परेका एआईजी पुष्पराम केसी खनालभन्दा करिब १० महिना ढिला एआईजिमा बढुवा भएका थिए । यसरी आफ्ना प्रतिस्पर्धी केसी १० महिना जुनियर भएसँगै खनालले ३५ हजार सशस्त्र प्रहरी बलको कमाण्ड सम्हाल्ने मौका पाएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४