Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

Breaking News: प्रहरी प्रमुख (आईजीपी) मा सर्वेन्द्र खनाल नियुक्त:


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र २७ २०७४
  • 6.7K
    SHARES

काठमाडौं । नेपाल प्रहरीको आईजीपीमा सर्वेन्द्र खनाल नियुक्त भएका छन् । मंगलबार दोस्रोपटक बालुवाटारमा बेलुकी साँझ बसेको मन्त्रिपरिषद बैठकले डिआईजी खनाललाई आईजीपीमा नियुक्त गरेको हो ।

नेपाल प्रहरीका आईजीपी प्रकाश अर्यालले चैत २८ गतेबाट ३० वर्षे उमेरहदका कारण नियमित अवकाश पाउने भएपछि नेपाल प्रहरीमा नयाँ नेतृत्व चयन गरिएको हो ।

को हुन् सर्वेन्द्र खनाल ?

सर्वेन्द्र खनाल २०४६ माघमा प्रहरी निरीक्षकमा भर्ना भएका थिए । आफ्नो ब्याचमेटहरुमा एसएसपीबाट डिआईजीमा बढुवा हुँदा खनाल एक नम्बरमा बढुवा भएका हुन् । ‘सेलिब्रेटी अफिसर’को रुपमा चिनिएका खनाल २०७२ मा महानगरीय अपराध महाशाखको प्रमुख थिए । अपराध महाशाखाको प्रमुख हुँदा २०७२ भदौ ३ गते उनले गुण्डा नाईके कुमार ‘घैंटे’को इन्काउन्टर गरेका थिए ।

नेपाली फुटबलको ओरालो यात्रामा ब्रेक लगाउन खनालको ठूलो योगदान रहेको छ । अपराध महाशाखा प्रमुख हुँदा ‘म्याच फिक्सिङ प्रकरण’मा अनुसन्धान गरेका खनालले २०७२ असोज २७ गते तत्कालिन राष्ट्रिय टिमका कप्तान सागर थापासहित ५ खेलाडीलाई नियन्त्रणमा लिएर मुद्दा चलाएका थिए । प्रहरीले लिएको भिडियो बयानमा उनीहरुले म्याच फिक्सिङ स्विकार गरेका थिए ।  त्यसपछि संगठनभित्र मात्रै नभएर समाजमा पनि खनाल सेलिब्रेटी अफिसरको रुपमा चिनिएका थिए ।

देशको प्रतिनिधित्व गर्दै विदेशमा राष्ट्रिय झण्डा बोकेर खेल्नेहरुले राष्ट्रघात गरेको भन्दै खनालले राष्ट्रिय टिमका कप्तान सागर थापा, विकास क्षेत्री सन्दिप राई, रितेश थापा र अन्जन क्षेत्रीलाई कारवाहीको दायरामा ल्याएका थिए ।  स्टार खेलाडीलाई कारवाहीको दायरामा ल्याएसँगै करिब २३ बर्षपछि नेपालले अन्तर्राष्ट्रिय खेल जितेको थियो ।

नयाँ संविधान निर्माणपछि भारतीय नाकाबन्दीको फाइदा उठाउँदै कालोबजारी गर्ने कार्यमा सहयोग गर्ने सह–सचिव तथा नापतौल विभागका प्रमुख रामआधार शाहलाई उनले हत्कडी लगाएका थिए । त्यहिबाट रिमोट कन्ट्रोल जडान गरेर उपत्यकामा ठगी गर्र्दै आएका पेट्रोलपम्प सञ्चालकहरुलाई खनालले कानुनी दायरीमा ल्याएका थिए ।

अपराध महाशाखाको नेतृत्व सम्हालेको एक सातामै खनालले जमिम शाह हत्याकाण्डमा संलग्न पूर्व–डिएसपी जगदिश चन्दलाई नियन्त्रणमा लिएका थिए । २०६६ सालमा लाजिम्पाजमा शाहको गोली प्रहारबाट हत्या भएको थियो ।

तराईमा बस्दा विभिन्न भूमिगत समूहहरुको गतिविधि नियन्त्रण गरेका खनालले दर्जनबढी नक्कली इन्जिनियरलाई पक्राउ गरेर कारवाही गरेका थिए । जनकपुर,  पर्सालगायतका स्थानमा बस्दा त्यहाँका भूमिगत समुहविरुद्व उनले विशेष अपरेशन सञ्चालन गरेको  थिए ।

उपत्यकाको अपराध श्रृङ्खलामा ललितपुरको बडिखेलमा भएको ‘बडीखेल हत्याकाण्ड’ निकै चर्चित मानिन्छ ।  एउटै परिवारका ५ जनाको विभत्स ढंगले भएको हत्या काण्डकाको खनालले नै पर्दाफास गरेका थिए । २०६० सालमा एउटै परिवारको पाँच जनाको ज्यान लिने चन्द्रबहादुर पहरीलाई खनालले करिब १२ बर्षपछि पक्राउ गरेका थिए ।

काठमाडौंमा बस्दा खनालले अवैध कन्सल्टेन्सीमा छापा हानेर उनीहरुलाई कारवाहीको दायरामा समेत ल्याएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४