Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

यसरी सुरक्षित राख्नुस् आफ्नो मोबाइल


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र २४ २०७४
  • 4.4K
    SHARES

मोबाइल हाम्रो जीवनशैलीको महत्वपूर्ण पाटो बनिसकेको छ । मानिसका हातमा एउटा होइन, विभिन्न ब्रान्डका २–३ वटा मोबाइल हुन थालेका छन् । तर, हजारौँ मूल्यका यी सामग्री सामान्य कुरामा ख्याल गर्न नसक्दा चाँडै बिग्रन सक्छन् । केही त्यस्ता सामान्य कुरा, जसको ख्याल गर्ने हो भने हाम्रो मोबाइल धेरै वर्ष टिक्न सक्छ :

१  स्क्रिन सधैँ सफा गर्नुपर्छ । हामीले स्क्रिन सफा गर्दा जस्तो पायो त्यस्तै कपडा र सामग्रीले सफा गर्छाैँ, यसो गर्नु हुन्न ।

१  स्क्रिन सधैँ सफा गर्नुपर्छ । हामीले स्क्रिन सफा गर्दा जस्तो पायो त्यस्तै कपडा र सामग्रीले सफा गर्छाैँ, यसो गर्नु हुन्न । सकेसम्म नरम कपडाले स्क्रिन सफा गर्नुपर्छ ।

२  हामी जति वेला पनि वाइफाई खोलेर राख्छौँ । कामका वेला मात्रै वाइफाई खोल्नुपर्छ । जति वेला पनि खोल्दा भाइरस छिर्नेलगायत समस्या उत्पन्न हुन सक्छन् ।

३   ब्याट्रीलाई सधैँ फुल चार्ज गरेर मात्रै चलाउनुपर्छ ।

४ युएसबी चार्जिङ पोर्ट सधैँ सफा गर्नुपर्छ । हामी कोही पनि यस विषयमा ख्याल गर्दैनौँ । मोबाइलभित्र अत्यधिक फोहोर हुने पहिलो कारण भनेकै यही हो ।

५  मोबाइलमा भएका टेम्पोररी (क्यास) क्लियर गर्नुपर्छ । नत्र, मेमोरी फुल हुँदै जान्छ र ह्याङ हुने तथा बिग्रने समस्या बढ्दै जान्छ ।

६  स्क्रिनको सुरक्षाका लागि स्क्रिन कार्ड लगाउनुपर्छ । यसले मोबाइलको स्क्रिनलाई फुट्नबाट बचाउँछ ।

७  मोबाइलको चार्जिङ भोल्टेज डिसी फाइभ भोल्टेजको प्रयोग गर्नुपर्छ । यो चार्जरमा लेखेको हुन्छ । तर, कसैले पनि यो कुराको ख्याल गरेको पाइँदैन । त्यसले गर्दा मोबाइलमा आवश्यकभन्दा बढी चार्ज छिर्न सक्छ र मोबाइल बिग्रन सक्छ ।

८  फुलेको ब्याट्री कहिल्यै प्रयोग गर्नु हुँदैन । फुलेको ब्याट्री प्रयोग गर्दा मोबाइल पड्कन सक्छ ।

९  मोबाइल कभर लगाउनुपर्छ । यसले मोबाइल हातबाट झ-यो भने सुरक्षित हुन्छ ।१० मोबाइललाई तरल पदार्थबाट टाढै राख्नुपर्छ । यो इलेक्ट्रोनिकको भाइरस हो । मोबाइलमा तरल पदार्थ छिर्नु भनेकै मोबाइल बिग्रनु हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४