काठमाडौँ- सिटिजन्स बैंक इन्टरनेसनलले विश्व खाद्य कार्यक्रमको आयोजना र वेल्ट हंगर लाइफको सहकार्यमा ८ दिनसम्म नगद वित्तरण गरेको छ । बैंकले विशेषगरी भुकम्प प्रभावित स्थानीयकोबाटो निर्माण गरेवापत नगद वित्तरण गरेको हो । २ हजार ६५० परिवारलाई ३ करोड ३१ लाख १४ हजार रुपैयाँ नगद प्रवाह गरेको हो ।
बैंकले देखाएको अग्रसरताले स्थानीय विकास निर्माणको काममा सहयोग पुग्नुका साथै विपन्न परिवारको आर्थिक अवस्थामा सुधार आउने विश्वास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रवक्ता गणेश राज पोखरेलले व्यक्त गरे ।