Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

छोरी हत्याको अभियोगमा बाबु जेल चलान:


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र २३ २०७४
  • 13.6K
    SHARES

आफ्नै छोरीको हत्या गरेको अभियोगमा पक्राउ परेका बाबुसहित दुई जनालाई जिल्ला अदालत धनुषाले पुर्पक्षका लागि जेल चलान गरेको छ ।

आफ्नै छोरी १९ वर्षीया स्नेहा यादवलाई यातना दिएर हत्या गरी शव जलाएको अभियोगमा पक्राउ परेका धनुषा शहीदनगर नगरपालिका–७ का ४० वर्षीय दिलीपकुमार यादवलाई जिल्ला अदालत धनुषाले पुर्पक्षका लागि जेल चलान गरेको हो ।

त्यस्तै स्नेहाको शव जलाउन सहयोग गरेको अभियोगमा पक्राउ परेका अर्का विदेह नगरपालिका गिद्धाबेलापट्टिका ४६ वर्षीय राधेश्याम यादवलाई पनि पुर्पक्षका लागि जेल चलान गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार काठमाडौँस्थित नासा कलेजमा कक्षा १२ मा अध्ययनरत् स्नेहाले आफूले रोजेको केटासँग बिहे गर्ने जिद्दी गरेका कारण बाबु दिलीपले फागुन ८ मा उनलाई जनकपुर ल्याई कुटपिट गरेर हत्या गरी शव

जलाएको बुझिएको छ ।

काठमाडौँको एक युवकसँग प्रेम गरिरहेको थाहा पाएपछि प्रतिष्ठा बचाउने नाममा बुबा दिलीपले आक्रोशमा छोरीलाई काठमाडौँबाट बोलाई जनकपुर उपमहानगरपालिका–२ वकिल टोलस्थित रहेको डेरामा चरम यातना दिई हत्या गरेको प्रहरीले जनाएको छ ।

सो घटना फागुन ८ गते साँझ भए पनि स्थानीय बासिन्दाले दिएको जानकारीअनुसार अनुसन्धान गर्दै जाँदा हत्या नै भएको तथ्य फेला पर्न थालेपछि फरार अभियुक्त बाबु दिलीपलाई गत फागुन २६ गते पक्राउ गरिएको धनुषाका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले बताए ।

फागुन ८ गते राति छोरीलाई कुटपिट गर्ने क्रममा स्नेहाको हत्या भएको बुझिन आएको छ । त्यसको अर्को दिन छोरीको शव घरमै राखेर साँझपख आफ्ना केही साथीहरुको सहयोगमा एम्बुलेन्स बोलाएर छोरी बिरामी भएको भन्दै उपचारका लागि

भारतको दरभंगा लग्न लगेको भनी हिँडेका थिए ।

एम्बुलेन्स चालकका अनुसार आफूलाई मृत छोरीको अन्त्येष्टि गर्न गाउँ लग्न लागेको भनी दिलीपले भनेपछि पहिला सामान्य रुपमा हिँडेको थिए । तर तिनकौरिया चोकमा पुगेर दिलीप र उनका साथीहरु खाजा खाने भन्दै रक्सी पसलमा पसेपछि आफूलाई शंका लागेको एम्बुलेन्स चालकले प्रहरीलाई बयानमा बताएका छन् ।

शव जलाइएको स्थानसम्म दिलीपले एम्बुलेन्स लगेका थिएनन् उनले चालकलाई गाउँको मुखमै रोकेर त्यहाँबाट शवलाई काँधमा बोकेर शहीदनगर नगरपालिका–७ नेमुवाटोलस्थित नहर छेउमा जलाएका थिए । शव जलेपछि बचेको अस्तुलाई दिलीपले नहरमा बगाएका थिए । तर एउटा ठूलो हड्डी घटनास्थलबाट बरामद भएको प्रहरीले जनाएको छ ।

स्नेहाको हत्यामा संलग्न अन्य १० जना आरोपी फरार रहेका छन् । पक्राउ परेका राधेश्याम विदेह नगरपालिका–६ स्थित जनता उच्चमावि गिद्धाबेलापट्टिका विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष हुन् भने बुबा दिलीप यादव नेपाल विद्युत् प्राधिकरण जनकपुर वितरण केन्द्रमा दोस्रो तह सहायक पदका कर्मचारी हुन् ।

स्नेहाको हत्यामा संलग्न अन्यको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४