Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

छैठौं सहकारी चेस प्रतियाेगिता सुरु:


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र २० २०७४
  • 7.3K
    SHARES

सहकारी चेस प्रतियोगिताको छैठौं संस्करण मंगलबारदेखि ललितपुरमा शुरु भएको छ। ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ र ताम्रकार समाजको संयुक्त आयोजनामा गणेशमानसिंह चेस प्रतियोगिता आयोजना गरिएको हो।

६६ जना खेलाडीको सहभागिता रहेको प्रतियोगितालाई ललितपुरका मेयर चिरिबाबु मर्हजनले उद्घाटन गरे।

‘नेपालको सर्वाधिक पुरस्कार राशी भएको चेस प्रतियोगिता ललितपुरमा नै सञ्चालन हुदाँ ललितपुरको पनि इज्जत बढोको छ,’ उनले भने।

त्यस्तै, ललितपुर जिल्ला बचत तथा सहकारी संघका अध्यक्ष सरद महर्जनले सहकारी र खेललाई अागामी दिनमा पनि समन्वय गर्दै लगिने बताए।

करिब ५ लाख पुरस्कार भएको प्रतियोगितामा विजयी हुने खेलाडीले यमाहाकाे बाइक पाउनेछन्। त्यस्तै, दोस्रोले ५० हजार र तेस्रोले ३० हजार पाउनेछन्।

नेपाल बुद्धिचाल संघबाट रुसमा छात्रवृतिका लागि गएका खेलाडी विवेक थिङ र रुपेश जैशवालको पनि प्रतियोगितामा सहभागिता छ।

फिडेको स्विस लिग प्रणाली तथा नकआउटका आधारमा हुने प्रतियाेगिता चैत २६ सम्म चल्नेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४