Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रिय चिकित्सा अध्यादेश २०७४ बहुमतले स्वीकृत, संघीय संसदको अधिवेशन अन्त्य


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र २० २०७४
  • 5.9K
    SHARES

राष्ट्रिय चिकित्सा अध्यादेश २०७४ बहुमतले स्वीकृत भएको छ।

प्रतिनिधि बैठकले सो अध्यादेश स्वीकृत गरेको हो।

शिक्षा विज्ञान प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा अध्यादेश २०७४ लाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए।

यसका साथै, संघीय संसदको अधिवेशन अन्त्य भएको छ । राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रअनुसार आज (मंगलबार) राति १२ बजेदेखि नै संघीय संसदको अधिवेशन अन्त्य हुने भएको छ। सभामुख कृष्णबहादुर महराले बैठकमा पत्र पढेर सुनाएका थिए।

फागुन २१ गते सुरू भएको संघीय संसद अन्तरगत प्रतिनिधिसभाको ९ दिनमा ११ वटा बैठक बसेका थिए। राष्ट्रियसभाको १० बैठक बसेका थिए।

यो अधिवेशनले प्रतिनिधिसभाको अन्तरिम कार्यविधि २०७४ पास गर्नुको साथै १३ सदस्यीय नियमावली मस्यौदा समिति गठन गर्यो। राष्ट्रपति विद्या देवी भण्डारीबाट संयुक्त बैठकलाई सम्बोधन हुनुको साथै, प्रधानमन्त्रीले विश्वासको मत लिने, सभामुख र उपसभामुख निर्वाचन गर्नुको साथै यो अधिवेशनले तीन वटा महत्त्वपूर्ण अध्यादेशहरूलाई पारित गर्यो।

अधिवेशनमा वेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग पहिलो संशोधन अध्यादेश , राष्ट्रियसभा निर्वाचन अध्यादेश र राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश पास भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४