Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

महिला हिंसाका दोषीलाई मृत्युदण्डको सजाय देउ


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र १९ २०७४
  • 4.2K
    SHARES

काठमाडौं– महिला नेतृहरुले महिला हिंसाका दोषीलाई मृत्युदण्ड सम्मको सजाय हुने गरि हिंसा विरुद्धका कानुन परिमार्जन गर्न सरकारलाई दबाब दिएका छन् ।  विभिन्न राजनीतिक दलका भगिनी संगठनहरुको संयुक्त संघर्ष समितिले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरि महिला हिंसा अन्त्यका लागि विद्यमान ऐनलाई परिमार्जन गर्नुपर्नेमा जोड दिएको हो । दिनहुँ बालिका बलात्कारका घटना सार्वजनिक भइरहेका बेला घटनाको सत्य–तथ्य पत्ता लगाई दोषीलाई कानुनी दायरामा ल्याउनका लागि राज्य पक्ष गम्भीर नबनेको भन्दै नेतृहरुले तत्काल विद्यमान कानुनमा परिमार्जन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

नेतृहरुले विश्वका कयौं लोकतान्त्रिक मुलुकले महिला हिंसाका दोषीलाई मृत्युदण्ड सम्मको सजायको व्यवस्था कानुनमा गरेको उल्लेख गर्दै नेपालमा पनि त्यही किसिमको कानुन बनाउनुपर्नेमा जोड दिए । नेपाल महिला संघकी अध्यक्ष उमा रेग्मीले बालिका बलात्कृत हुने, बोक्सीको आरोपमा महिलामाथि गरिएको दुव्र्यवहारका घटना लगायत महिला हिंसाका घटना दैनिकजसो आईरहदा पनि राज्य गम्भीर नभएको आरोप लगाइन् । उनले बलात्कार जस्तो जघन्य अपराधका अपराधीलाई मृत्युदण्डको व्यवस्था कानुनमा गर्नुपर्नेमा जोड दिइन् ।

अन्तर पार्टी महिला सञ्जालकी उपाध्यक्ष पुष्पा ठाकुरले राजनीतिक संरक्षणबाट महिला हिंसाका अपराधीले उन्मुक्ति पाउने गरेकाले पनि हिंसाका घटना नियन्त्रणमा आउन नसकेको भन्दै कडा कानुन बनाउन माग गरिन् ।

महिला हिंसाका दोषीलाई कानुनी दायरमा ल्याई हिंसा अन्त्यका लागि सरकारले तत्काल प्रयास नगरे कडा संर्घषमा उत्रने चेतावनी उनीहरुले दिएका छन् । पछिल्लो समय बालिका बलात्कृत भएका घटना दैनिक जसो छापा माध्यममा आउने गरेका छन् । सँगै अपराधीहरु कानुनी दायरामा नआएको र कुनै न कुनै शक्ति केन्द्रको संरक्षण पाएको खबर पनि आउने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४