Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नुवाकोटमा जीवित देवताको गोप्य भविष्यवाणी हुँदै


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र १७ २०७४
  • 3.6K
    SHARES

नुवाकोट  यहाँ ‘सिन्दूरे जात्रा’को रौनक छाएको छ ।

जीवित देवता तथा भैरवीदेवी मन्दिरका पुजारी (धामी) हरिमानसिंह डंगोल र उहाँकी जीवनसंगिनी (धमिनी)लाई पुज्ने र मुलुकमा आगामी वर्षमा के हुन्छ भनी गोप्य भविष्यवाणी गर्ने धार्मिक एवं सांस्कृतिक परम्परानुसार शुक्रबारदेखि जात्रा शुरु भएको हो ।

स्थानीयवासीको सहयोगमा नेपाली सेना श्रीनाथ गण देवीघाटले शुक्रबार राति बूढीदेवीको स्थल र भैरवीदेवी मन्दिर परिसरमा लिंगो उठाएको छ ।

‘भैरवी वर्षबन्धन’ अन्तर्गत लिंगो उठाइएसँगै विदुर नगरपालिका–२ मा अवस्थित भैरवीदेवी मन्दिरको रथसहित धामी, धमिनीलगायतको टोली आज अपराह्न विदुर–५ देवीघाटस्थित जालपादेवी मन्दिरमा प्रस्थान गर्ने नुवाकोट दरबार मौला अमालका द्वारे महेन्द्रकुमार शाहीले जानकारी दिए ।

“भैरवीदेवी मन्दिर र देवीघाटमा रहेको जालपादेवी मन्दिरलाई दिदीबहिनीबीचको सम्बन्धका रुपमा हरेक वर्ष यो अवसरमा भेट गराइन्छ”, शाहीले भने “जीवित देवताका रुपमा पुजिने धामीले आगामी वर्ष राष्ट्रमा के हुन्छ भन्ने गोप्य भविष्यवाणी गर्ने र त्यो राष्ट्रप्रमुखसमक्ष पठाइने भएकाले यसको राष्ट्रिय महत्व छ ।”

फागुपूर्णिमादेखि शुरु भएर वैशाख शुक्ल दशमीसम्म विभिन्न धार्मिक परम्पराका साथ मनाइने सो जात्रा नुवाकोटको सबैभन्दा लामो मानिन्छ । यस वर्ष सिन्दूरे जात्राको मुख्य रौनक आज साँझ धामी हरिमानसिंह डंगोल र धमिनी ज्ञानुदेवी देवीघाटतर्फ प्रस्थान गरेपछि शुरु भई आइतबार धामी देवीघाटमा रहुञ्जेल र सोमबार नुवाकोटको देवीस्थानसम्म रहनेछ ।

सोमबार भैरवीदेवी मन्दिर परिसरस्थित महिषासूरमर्दिनी मन्दिर अगाडि सिन्दूर खेलिसकेपछि पनि विभिन्न पूजाविधि कायम रहँदै थप एक सातासम्म जात्राको विभिन्न चरण कायम रहने छ । यस वर्षको सिन्दूरे जात्रा यही चैत २७ गतेसम्म चल्ने छ

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४