Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

यी हुन् निर्दयी आमा–बाबु जसले छोरीको हत्या गरेर जलाए


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र १६ २०७४
  • 15.5K
    SHARES

वीरगन्ज, १६ चैत, छोरीको हत्या गरेको आरोपमा पर्सा प्रहरीले आमा–बाबुलाई पक्राउ गरेको छ। 

वीरगन्ज महानगरपालिका १५ भिस्वामा आफ्नै छोरीको हत्या गरेको आरोपमा प्रहरीले स्थानीय ४१ वर्षीय सत्यनारायण वर्णवाल र उनकी कान्छी पत्नी ३० वर्षीया गीता कुमारीलाई पक्राउ गरेको हो।

सत्यनारायणकी जेठी पत्नी स्वर्गीय मन्जु देवीको कोखबाट जन्मिएकी १६ वर्षीया नेहा कुमारी वर्णवालको बुबा सत्यनारायण र उनकी कान्छी पत्नी गीताले गत फागुन १३ गते हत्या गरी प्रहरी र छरछिमेकलाई पनि जानकारी नदिई इ रिक्सामा शव राखेर वीरगन्जको रानीघाटस्थित शम्सानघाटमा पुर्याएर एक डोमलाई ६ हजार रुपैयाँ दिएर जलाउन लगाएका थिए।

प्रहरीका अनुसार, नेहालाई गाउँ घरमा नदेखेपछि छरछिमेकले सोधखोज गरेका थिए। यसरी खोजी गर्दा उनका बुबा सत्यनारायण र सौतेनी आमा गीताले छोरी भारतस्थित फुपूको घरमा गएको बताएका थिए।

त्यसपछि शंका लागेर छिमेकीले प्रहरीलाई खबर गरेको र प्रहरीले मृतक नेहाका बुबा सत्यनारायण र सौतेनी आमा गीतालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा नेहाको हत्या आफूहरुले नै गरेर शम्सानघाटमा लाश जलाएको बयान दिएको प्रहरी उपरीक्षक गणेश रेग्मीले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४