Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामेछापमा किरियापुत्रीले दिए एसईई परीक्षा


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र ८ २०७४
  • 3.7K
    SHARES

८ चैत, रामेछाप । बिहीबार सुरु भएको एसईई परीक्षामा रामेछाप जिल्लाको धोवी परीक्षा केन्द्रबाट एक किरियापुत्रीले परीक्षा दिएका छन् ।

झटेश्वर मावि परीक्षा केन्द्रबाट ५ दिनका किरियापुत्री सवन महतले परीक्षा दिएको स्रोत व्यक्ति वीरेन्द्र सहनीले बताए ।

मन्थली माविका विद्यार्थी महतका बाबुको ५ दिनअघि मृत्यु भएको थियो । कठजोरस्थित निलकण्ठेश्वर मावि स्रोत केन्द्रबाट परीक्षा दिनुपर्ने महतलाई घर नजिक पर्ने झटेश्वर मावि परीक्षा केन्द्रमा परीक्षा दिने व्यवस्था मिलाएको हो ।

उनले झटेश्वर मावि परीक्षा केन्द्रबाट परी दिए पनि उत्तरपुस्तिका निलकण्ठेश्वर परीक्षा केन्द्रमा लगिने स्रोत व्यक्ति सहनीले बताए ।

यस वर्षको एसईई परीक्षामा रामेछाप जिल्लाबाट १ हजार ७ सय ६७ छात्र र २ हजार ८३ छात्रा गरी कुल ३ हजार ८ सय ५० विद्यार्थीले परीक्षा दिएका छन् ।

जिल्लामा २१ वटा परीक्षा केन्द्रमा पहिलो दिन अंग्रेजी विषयको परीक्षा शान्तिपूर्ण रुपमा सकिएको जिल्ला शिक्षा अधिकारी दिनानाथ गौतमले जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४