राष्ट्रपति चयनका लागि मंगलबार निर्वाचन भएको थियो । वर्तमान राष्ट्रपति भण्डारीसँगै कांग्रेसकी कुमारी लक्ष्मी राई चुनावी मैदानमा थिइन ।

निर्वाचक मण्डलमा संघीय संसदसँगै प्रदेशसभा सांसदहरु पनि मतदाता थिए । संघीय सांदको मतभार ७९ र प्रदेशसभा सांसदको मतभार ४८ तोकिएको थियो ।

वाम गठबन्धनकी उम्मेदवार भण्डारी दुई तिहाई बढी मतका साथ राष्ट्रपतिमा निर्वाचित भएकी छन् । भण्डारीले ३९ हजार २७५ मत पाइन् । उनलाई २४५ संघीय सासद र ४१५ प्रदेशसभा सदस्यले मत दिएका थिए ।