Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कायममुकायम प्रधानन्यायाधीश जोशीसँग पत्रकारका सवाल-जवाफ


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र १ २०७४
  • 5K
    SHARES

कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले  प्रधानन्यायाधीश गोपाल पराजुलीको नयाँ जन्ममिति भेटिएपछि त्यसलाई अपडेट गर्न आफैंले परिषद सचिवलाई निर्देशन दिएको बताएका छन्।

बिहीबार कायममुकायम प्रधानन्यायाधीशको पदभार ग्रहण गरेपछि पत्रकारसँगको भेटघाटमा उनले पराजुलीलाई पदमुक्त हुने गरी जन्ममिति अपडेट गर्न आफूले निर्देशन दिएको दाबी गरे।

यसअघि परिषद सचिव नृपध्वज निरौलाले बुधबार गोपाल पराजुलीलाई उमेरका कारण गत साउनमै अवकाश भइसकेको पत्र काटेका थिए।  पराजुली ‘पदमुक्त’ भएपछि सर्वोच्च वरिष्ठतम् न्यायाधीशको हैसियतमा जोशीले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका थिए।

उनले बिहीबारका इजलास जोशीले ताेके। कायममुकायम प्रधानन्यायाधीशको पदभार ग्रहण गरेपछि जोशीले न्यायालयमा भइरहेका समसामयीक घटना र उनका भावी योजनाबारे पत्रकारसँग कुरा गरे।

प्रधानन्यायाधीश सचिवालयमा उनीसँग पत्रकारहरूले गरेको सवाल जवाफको सम्पादित अंश:

पत्रकार : हिजो परिषद् सचिवले निर्णय गरी प्रधानन्यायाधीशलाई अवकास दिनुभयो। यसरी सचिवस्तरीय निर्णयबाट अवकास दिन मिल्छ?

जोशी: मिल्छ। कानूनअनुसार अभिलेख अपडेट गर्ने काम नै सचिवको हो।

पत्रकार: तपाईं  परिषद सदस्य हुनुहुथ्यो। निर्णय गर्नुअघि सचिवले तपाईंसँग सोध्नुभएको भयो कि भएन? तपाईंले के भन्नुभयो?

जोशी: हाम्रो अनौपचारिक कुरा भैरहेकै थियो। परिषदका अरू सदस्यले के गरे मलाई थाहा हुने कुरा भएन तर मैले उहाँलाई प्रधानन्यायाधीश पराजुलीको जन्ममिति अपडेट गरिदिनुस् भनेको थिएँ।

पत्रकार : त्यसो भने यो काम परिषदको होइन परिषद्का सचिवको हो? परिषद्ले गर्नु पर्ने निर्णय हैन?

जोशी: सचिवले गर्ने काम हो। परिषदबाट त उहाँ आफैंले आफ्नो जन्ममिति कायम गर्नुभएको थियो। त्यस्तो  मिल्छ त?

पत्रकार : पराजुलीले आफ्नै नेतृत्वको परिषदबाट जन्ममिति कायम गर्दा तपाईं पनि सदस्य नै हुनुहुन्थ्यो नि? त्यो बेला रोक्नुभएन?

जोशी: मैले भनेकै हुँ। त्यो कुरा तपाईंहरूले उहाँलाई सोध्नुभएन। उहाँले बिबिसीमा यस्तो प्रश्न हाँसेर उडाइदिनुभो। हामीहरुले त मिल्दैन भनेर भन्दै आइरहेकै छौं।

पत्रकार : पछिल्लो समय न्यायपालिकामा यत्रो विवाद आयो। यसले न्यायपालिकाप्रति जनआस्था घट्यो भन्ने छ। त्यसलाई कसरी मिलाउनुहुन्छ?

जोशी : यदि कहीँकतै बिग्रेको छ भने त्यो अरू हाम्रै कारणले भएकाले अरूलाई दोष नदिई  समाधान गर्न प्रयत्नशील रहनेछु। समय र परिस्थिति हेरेर अघि बढ्ने हो। समस्या आउँछ, समाधान गर्न अघि बढ्नुपर्छ। सिक्दै अघि बढ्ने हो समस्या आए अघि बढ्छु भनेरमात्र पनि हुँदैन पछाडि पनि हट्नुपर्छ। खासगरी अब मैले न्यायपालिकाप्रति अपनत्व र आम सर्वसाधारणप्रति जनआस्था वृद्धि गर्न लाग्छु।

पत्रकार : बिचौलियाहरू र स्वार्थ समूहको पासोमा न्यायालय छ भन्ने कुरा आइरहेको छ। विभिन्न समयमा न्यायलयभित्रको बेतिथि छानविन गर्न समिति बनेका छन्। प्रतिवेदन आए। तर तिनको कार्यान्वयन भएन भन्ने छ। बिचौलियामुक्त न्यायपालिका बनाउन तपाईंसँग के योजना छन्?

जोशी : ती प्रतिवेदन अध्ययन गर्नुपर्‍यो त्यसपछि कार्यान्वयन गर्ने कुरा हुन्छ। यो समस्यालाई छलफलमार्फत् उचित निकास दिन पहल गर्छु।

पत्रकार : छिटो छरितो न्यायका कुरा छन्, सर्वोच्चमा पेशी तोक्ने र यसको व्यवस्थापन कसरी गर्नुहुन्छ?

जोशी : यसबारे हाम्रो पञ्चवर्षीय योजना नै छ। न्यायपालिकाभित्र जे जति समस्या छन्, ती सबैको समाधान रणनीतिक योजनामार्फत् हुने भएकाले त्यसैलाई महत्व दिने हो। प्रक्रियाअनुसार काम गर्ने हो। छिटोछरितो न्याय दिन पञ्चवर्षीय रणनीतिले लक्षित गरेका उपलब्धि हासिल गर्न मेरो पहल कदमी हुन्छ।

पत्रकार : आमनागरिकमा प्रधानन्यायाधीशहरू केही गर्छु भन्दै आउँछन् र केही नगरी जान्छन् भन्ने परेको छ। न्यायालयमा यत्ति एउटा काम गर्न पाए हुन्थ्यो भन्ने केही होला नि तपाईँको? 

जोशी : मलाई न्यायालयमा एउटा म्युजियम बनाउने योजना धोको छ। त्यो काम मैले गर्छु।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४