ल
३० फागुन, काठमाडौं । काठमाडौं गौशालास्थित होटल पशुपति भिजनमा गोली चलेको छ ।
गत्तै, घटनास्थल पुगेको प्रहरी टोलीले गुण्डा नाइके गणेश लामालाई पक्राउ गरेको छ । उनलाई एउटा पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका डिएसपी मोहन थापाले पुष्टि गरे ।
यद्यपि, गोली कसलाई लाग्यो भन्ने बारे प्रहरीले खुलाएको छैन । प्रहरीसँगको प्रारम्भिक बयानका क्रममा लामाले आफूलाई दुई युवकले गोली प्रहार गरेर भागेको दाबी गरेको स्रोतको भनाइ छ ।
लामालाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको छ ।
लामा यसअघि काभ्रेको क्षेत्र नंं १ ‘ख’ बाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका लागि उम्मेदवार बनका थिए । यद्यपि, उनी नेकपा एमालेका उम्मेदवार चन्द्र लामासँग पराजित भएका थिए ।
उनीविरुद्ध अपरहण, फिरौती र ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा प्रहरीले पटकपटक मुद्दा चलाएको छ ।