Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

साँझ ६ बजेपछि पानी पर्न रोकिने, भोलि अपरान्ह फेरि पर्ने


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन २७ २०७४
  • 3.4K
    SHARES

स्थानीय वायूको प्रभावले आइतबार अपरान्ह काठमाडौं उपत्यकासहित देशका पूर्वी र पश्चिमी पहाडी क्षेत्रमा असिना पानी परेको छ।

गर्मी मौसम सुरु भएसँगै बन्ने स्थानीय मौसम प्रणाली कारण पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाकी मौसमविद् शान्ति कँडेलले साँझ ६ बजेपछि पानी पर्ने क्रम रोकिने र मौसम सफा हुने बताइन्।

‘तर भोलि अपरान्हतिर फेरि मेघ गर्जनसहित पानी पर्ने सम्भावना छ,’ कँडेलले भनिन्।

नेपालमा प्रायः बर्खामा बंगालको खाडीबाट आउने वायू र हिउँदमा पश्चिमी वायूको प्रभावले पानी पर्ने गर्छ।

हिउँद सकिएपछि मनसुन सुरु हुनुअघि भने स्थानीय वायूको प्रभावले साँझपख हावाहुरी चल्ने, मेघ गर्जनसहित असिना पानी पर्ने हुन्छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४