Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

फेसबुकमा भर पर्दा बन्द हुन पुग्यो विश्वकै चर्चित वेबसाइट


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन २६ २०७४
  • 3.9K
    SHARES

भिजिटरका लागि फेसबुकमा भर पर्ने न्यूज पोर्टलहरुले खराव समयको सामना गर्नुपर्ने अबस्था आएको छ । फेसबुकले गरेको नीतिगत परिवर्तनको शिकार एउटा ‘ठूलो माछा’ भएको छ ।

महिलाहरूका प्रेरणादायक विषयवस्तु तथा ‘हाउ टू’ मा केन्द्रित सामग्री पस्किने विश्वचर्चित वेबसाइट ‘लिटल थिङ्ग्स’ शनिबारबाट बन्द भएको छ ।

सन् २०१६ मा मात्रै अमेरिकामा रहेको सिटी नेसनल बैँकबाट उसले ठूलो ऋण लागानी पाएको थियो । त्यतिबेला लिटल थिङ्ग्स संसारकै सबैभन्दा ठूलो अनलाइन लाइफस्टाइल प्रकाशक मध्येमा गनिन थालिएको थियो । सन् २०१५ मा सबै भन्दा लोकप्रिय फेसबुक पोस्ट उसैको थियो ।

तर, विगतका केही महिनाहरूमा कम्पनीले असहज स्थितिको सामना गर्नुपर्यो । बिजनेस इन्साइडरले छापेको सीइओ जि स्पाइजरले आफ्ना कर्मचारीहरूलाई लेखेको पत्रमा पनि त्यही कुरा उल्लेख गरिएको छ ।

स्पाइजरले पत्रमा भनेका छन्, ‘गत वर्षको अगस्ट महिनादेखि कम्पनीले ठूलो नोक्सान भोग्न थालेको थियो तर, लिटल थिङ्सले छिट्टै नै बदलिँदो परिस्थिति अनुसार आफूलाई ढाल्यो र नयाँ आर्थिक स्रोतहरू पहिचान गर्यो ।’ स्पाइजरले ठूला मिडियाहरूलाई उनको संस्था किनिदिन पनि आग्रह गरे ।

त्यतिकैमा फेसबुकले फेरि आफ्नो अलगोरिदममा परिवर्तन ल्यायो । नयाँ अल्गोरिदम लागू भइसकेपछि फेसबुकले समाचार प्रकाशकहरूले गरेको भन्दा प्रयोगकर्ताका साथीहरूले गरेका पोस्टलाई महत्व दिन थालेको थियो । स्पाइजरका अनुसार यो परिवर्तनले लिटल थिङ्ग्सकमा आउने ट्राफिक ७५ प्रतिशतले घट्यो ।

‘फेसबुकले बेलाबखतमा आफ्नो अल्गोरिदम परिवर्तन गर्ने गरेको छ तर यो पुराना परिवर्तनहरूले यति ठूलो विनाश निम्त्याएका थिएनन् ‘, उनले पत्रमा लेखेका छन् , ‘हामीले आफूलाई निकै अप्ठ्यारो परिस्थितिमा पायौँ । लिटल थङ्ग्स एक्वायर गर्न तयार भएको कम्पनी पनि डराएर भाग्यो अनि हामीसँग बैँकलाई तिर्ने पैसा भएन । त्यसैले हामीले हाम्रो यात्रालाई यही विश्राम गर्नु पर्ने अवस्था आइपुग्यो ।‘

वेबसाइटका प्रधान सम्पादक माया मेक्कनले पाठकलार्इ गुडबाइ नोट लेख्दै भनेका छन्- ‘मेरा प्यारा पाठकहरू मैले यहाँहरूलार्इ मिस गरिरहने छु, यहाँहरूका प्रतिक्रियालार्इ मिस गरिरहने छु ।’

२०७४ फागुन २० गते १७:१८ मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४