Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

फेसबुकविरुद्ध ब्लाकबेरीले हाल्यो मुद्दा


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन २६ २०७४
  • 4.9K
    SHARES

क्यानडाको टेक्नोलोजी कम्पनी ब्लाकबेरीले मंगलबार फेसबुक तथा उसका अन्य दुई भ्रातृ कम्पनीहरु ह्वाट्सएप र इन्स्टाग्रामविरुद्ध मुद्दा दायर गरेको छ ।

बौद्धिक सम्पत्ति अर्थात् पेटेन्ट उल्लंघनको आरोप लगाउँदै ब्लाकबेरीले फेसबुकविरुद्ध मुद्दा हालेको हो ।

 

फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामले आफ्नो ब्लाकबेरी मेसेन्जरको प्रविधि तथा फिचर्स हुबहु नक्कल गरेको दाबी ब्लाकबेरीको छ ।

ब्लाकबेरीले अमेरिकाको लस एन्जल्स संघीय अदालतमा पेटेन्ट उल्लंघनको मुद्दा दर्ता गरेको हो ।

कम्पनीले विज्ञप्ती जारी गर्दै भनेको छ– फेसबुक, ह्वाट्सएप तथा इन्स्टाग्रामले ब्लाकबेरीको आविष्कार तथा प्रविधिलाई नक्कल गरी मोबाइल मेसेजिंग एप बनाएको छ । यी सबैले हाम्रा कैयन् इनोभेटिभ सेक्योरिटी फिचर, युजर इन्टरफेस तथा फंक्सनालिटी इन्ह्यान्सिंग जस्ता फिचर्स नक्कल गरेका छन् । साथै, मननीय पक्ष के छ भने फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामले मोबाइल मेसेजिंगको दुनियाँमा ढिलो गरी कदम राखेका हुन् ।’

ब्लाकबेरीले मुद्दा दर्ता गर्दै फेसबुक विरुद्ध कानूनी कारवाहीको चेतावनी दिएको छ । उसका अनुसार फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामले ब्लाकबेरीको बौद्धिक सम्पत्ति अधिकार अर्थात् आइपीआर उल्लंघन गरेका छन् । त्यसैले ती कम्पनीविरुद्ध कानूनी कारवाही गर्नु उसका शेयरधनीहरु प्रतिको दायित्व हो ।

यस विषयमा फेसबुकका जनरल काउन्सिल पल ग्रेवालले प्रतिक्रिया दिँदै भनेका छन्, ‘ब्लाकबेरीको तर्फबाट दर्ता गरिएको मुद्दाले कम्पनीको मौजुदा मेसेजिंग बिजनेसको अवस्थालाई दर्शाउँदछ । कम्पनी आविष्कारको मोर्चामा विफल भएसँगै अब अरुको आविष्कारमाथि प्रश्न गरिरहेको छ । हामी यसको विरुद्धमा लड्नेछौँ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४