Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

५२ प्रतिशत एनसेल प्रयोगकर्ताले बोक्छन् स्मार्टफोन


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन २६ २०७४
  • 3.5K
    SHARES

२५ फागुन, काठमाडौं । एनसेलका सय ग्राहकमध्ये ५२ जना स्मार्टफोन प्रयोगकर्ता रहेको पाइएको छ । एनसेलको माउ कम्पनी आजियाटाले सार्वजनिक गरेको एक रिपोर्टअनुसार डिसेम्बर २०१७ सम्ममा एनसेलको ग्राहक संख्या १ करोड ६४ लाख पुगेको र त्यसमा ५२ प्रतिशतले स्मार्टफोन प्रयोग गर्ने गरेका छन् ।

सन् २०१६ को तुलनामा स्मार्टफोन प्रयोगकर्ताको संख्या १० प्रतिशत बिन्दुले बढेको र कम्पनीको कुलग्राहक संख्यापनिगत एक वर्षको अवधिमा १०.१९ प्रतिशतले बढेको उक्त रिपोर्टले उल्लेख गरेको छ ।

मोवाइल सेवाका ग्राहक बढ्नु, डाटाको शुल्क घट्नु र स्मार्टफोनको मूल्यमा आएको गिरावटले स्मार्टफोन प्रयोककर्ताहरु बढिरहेको टेलिकम कम्पनीहरुको भनाई छ ।

२०१७ जनवरीदेखि डिसेम्बर सम्मको अवधिमा एनसेलको १५ लाख १६ हजार नयाँ ग्राहक थपिएको आजियाटाले सार्वजनिक गरेको २०१७ सोे रिपोर्टले देखाएको छ ।

जसकाअनुसार एनसेलमा ग्राहक संख्याको राम्रो वृद्धि भएको छ र यसको सहयोगले अपेक्षित अन्तर्राष्ट्रिय लामो दुरीको कल सेवाबाट भएको आय गिरावटमा राहत दिएको छ ।

अन्तर्राष्ट्रिय लामो दूरीको कलबाट हुने एनसेलको आम्दानी १९.६ प्रतिशतले घटेको आजियाटाले बताएको छ ।

पछिल्लो समयमा विदेशबाट नेपाल फोन गर्न र नेपालबाट विदेशमा फोन गर्नका लागि इन्टरनेट सेवाका माध्यामबाट विभिन्न एपहरु जस्तै ह्वाट्सएप, भाइबर, इमो, स्काइप लगायतको प्रयोग बढेको लगायतका कारणले गर्दा टेलिकम कम्पनीहरुको अन्तर्राष्ट्रिय लामो दुरीको कलबाट हुने आयमा गिरावट आईरहेको छ । यसले अर्को तर्फ डाटा सेवाको प्रयोग र यसबाट हुने आम्दानी बढाउनमा पनि भूमिका खेलेको छ ।

आजियाटाको उक्त रिपोर्टकाअनुसार एनसेलको २०१७को कुल आम्दानी रु ५८ अर्ब ५४ लाख रहेको छ । जसमा इन्टरनेट सेवाबाट हुने आयपनि बढेको छ ।

रिपोर्टकाअनुसार कुल आम्दानीमा डाटाको योगदान १९ प्रतिशत छ र कुलग्राहक संख्यामा झण्डै ४४ प्रतिशतले डाटा सेवा लिएका छन् । एनसेल कम्पनी आफैंले पनि जुन २०१७ मा फोरजी सेवाको शुरुवात पश्चात डाटा सेवाको प्रयोगमा वृद्घ िभएको बताउँदै आएको छ ।

सूचना प्रविधीको प्रयोग व्यापक हुँदै गईरहेको र सरकारले पनि डिजिटल नेपाल निर्माणलाई प्राथमिकतामा राख्ने बताईरहेको अवस्थामा यसरी मोवाइल, डाटा सेवाको प्रयोग तथा पहुँच बढ्दै जानु र स्मार्टफोनको प्रयोग बढ्नुलाई सकारात्मक रुपमा लिइएको छ ।

सरकारी तथ्याङ्क अनुसार मंसिरसम्ममा देशको मोवाइल जनघनत्व १३५ प्रतिशत नाघेको छ भने इन्टरनेट सेवाको जनघनत्व ६३.१७ प्रतिशत पुगेको छ ।

फोरजी सेवाको शुरुवात पश्चात डाटा सेवा प्रतिस्पर्धी बन्दै सस्तो हुँदा प्रयोगकर्ता र माग दुवै बढिरहेको टेलिकम कम्पनीहरु बताउछन् ।

एनसेलले हाल सम्ममा काठमाडौं उपत्यकाका ३ शहर लगायत देशका विभिन्न २१ शहरहरुमा फोरजी सेवा पुर्‍याईसकेको छ, जुन अहिले देशकै बृहदफोरजी नेटवर्कको रुपमा पनि चिनिएको छ ।

सरकारी नेपाल टेलिकमले हाले काठमाण्डौ उपत्यका र पोखरामा फोरजी सेवा दिँदै आएको छ र १ वर्षभित्रमा देशै भरी फोरजी विस्तार गर्ने गरी काम अघि बढाइएको जनाएको छ ।

त्यसैगरी स्मार्ट टेलिकमले पनि काठमाडौं र पोखरामा फोरजी सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४