Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चैतको ३ गतेदेखि काठमाडौंमा वर्डक्याम्प हुने


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन २६ २०७४
  • 5K
    SHARES

काठमाडौँ – संसारको प्रख्यात वेबसाइट बनाउने र सित्तैमा पाइने (Open source) सफ्टवेर ‘वर्डप्रेस (WordPress)’ सम्वन्धी अन्तर्रास्ट्रिय स्तरमा गरीने सेमिनार कार्यक्रम “वर्डक्याम्प काठमाडौँ” को तेस्रो संस्करण वर्डक्याम्प काठमाडौँ २०१८ को सम्पूर्ण तयारी पुरा भएको छ । कार्यक्रम आगामी चैत्र ३ र ४ गते शनिबार र आइतबार (मार्च १७ र १८)मा काठमाडौँमा हुने छ ।

वर्डक्याम्प विश्वव्यापी रुपमा आयोजना हुने अन्तर्राष्ट्रिय कार्यक्रम हो । नेपालमा भने सन् २०१२ देखि नेपालका वर्डप्रेस प्रयोगकर्ता तथा सफ्टवेयर विकासकर्ताहरुको समूह (वर्डप्रेस नेपालद्धारा वर्डक्याम्प पहिलोपटक आयोजना भई प्रत्येक वर्ष आयोजना हुँदै आएको छ ।

एक तथ्यांक आनुसार विश्वका सम्पूर्ण वेबसाईट मध्ये झण्डै ५ मा १ वेबसाईट वर्डप्रेस प्लेटफर्म प्रयोग गरी बनाईएको हुन्छ । वर्डप्रेस सामान्य र व्यक्तिगत ब्लग लेख्न देखि, ठुला ठुला अनलाईन समाचार पोर्टल, कम्पनीका वेबसाइट, सरकारी तथा गैर सरकारी संघ संस्थाका वेबसाइट आदि बनाउन प्रचलित छ । नेपालमा मात्र वर्डप्रेसमा काम गर्ने ५० भन्दा बढी आइ टि कम्पनिहरु र सयौंको संख्यामा फ्रील्यांसरहरु रहेका छन् ।

यस संस्करणको वर्डक्याम्प माइतीघर स्थित कार्की ब्यान्केटमा आयोजना हुनेछ । अन्य संस्करणहरु भन्दा भिन्न यो पटक २ दिने कार्यक्रम हुने छ । पहिलो दिनको कार्यक्रममा एउटा हलमा व्यवहारिक कार्यशाला र अर्कोमा सामुहिक छलफल र विभिन्न बिषयहरुका बिज्ञहरु द्वारा प्रस्तुतीकरण हुनेछन । यो कार्यक्रम – वर्डप्रेस मा व्यवसायिक काम गर्दै गरेका र काम गर्न इच्छुक व्यक्ति/कम्पनि, सूचना प्रबिधिमा करियर बनाउन खोजेका बिधार्थी तथा वर्डप्रेस संग सम्वन्धित व्यक्ति हरु संग समन्ध निर्माणको लागि उपयुक्त हुनेछ ।

यसैगरी दोस्रो दिन योगदान दिवस (Contribution Day) रहनेछ,जसमा विभिन्न विधाहरुमा वर्डप्रेसमा लामो समयदेखि काम गरेकाहरुले वर्डप्रेस समुदायलाई अनलाईन गर्न मिल्ने कामहरु गरेर योगदान दिनेछन् । वर्डप्रेस समुदायहरुकै योगदानले चलेको हुनाले नेपाली वर्डप्रेस प्रयोगकर्ताहरुले पनि यस पटकको वर्डक्याम्प बाट १ दिन योगदान दिन पाउनु गर्वको कुरा भएको आयोजक समितिले बताएको छ ।

कार्यक्रममा ४०० जनाभन्दा बढीको सहभागिता रहने छ । कार्यक्रममालाई वर्डप्रेसमा काम गरेर सफल विभिन्न स्वदेशी तथा विदेशी कम्पनीहरुले प्रयोजन गरेका छन् । कार्यक्रममा नेपालका अनुभवी वर्डप्रेस विज्ञहरु, साथै केहि विदेशी ख्यातिप्राप्त कम्पनीका वर्डप्रेस विज्ञले समेत अनुभव बाड्ने र विभिन्न बिषयमा प्रस्तुती दिने हुनाले वर्डक्याम्प को यो संस्करण महत्वपूर्ण हुने बताइएको छ ।

संसारभरी नै विभिन्न देश र शहरहरुमा हरेक वर्ष आयोजना हुने वर्डक्याम्पका विभिन्न संस्करणहरुले सूचना प्रविधिको क्षेत्रमा काम गर्ने लाखौलाई जोड्ने र यस क्षेत्रका आफ्नो पेशा/व्यवसाय शुरु गर्न चाहनेहरुको लागि मार्ग निर्देशन दिने गरेको जानकारी पनि आयोजकले दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४