Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दुनियाकै महंगो ह्याण्डब्याग, मूल्य ४ करोड रुपैयाँ


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन २५ २०७४
  • 4.6K
    SHARES

एउटा पर्स वा ह्याण्डब्यागको मूल्य कतिसम्म पर्ला ? के तपाइँले कहिल्यै कल्पना गर्नुभएको छ कुनै पर्सको मूल्य ४ करोड रुपैयाँ पर्दछ भनेर ? सायद कल्पना गर्नपनि गाह्रो पर्ला ।

तर यो दुनियामा असम्भव भन्ने केही छैन । एएटा यस्तो ह्याण्डब्याग छ जसको मूल्य २७ लाख ९ हजार पाउण्ड अर्थात् झण्डै ४ करोड रुपैयाँ पर्दछ । यो मूल्यमा त सहरमा घर नै किन्न पुग्ला हाम्रोमा ।

यतिधेरै रकममा गतवर्ष यो ह्याण्डब्याग बिक्रि भयो । २०१४ हिमालय बिर्किन नामक यो ह्याण्डब्यागलाई फ्रान्सको फेसन हाउस हर्मिजले उत्पादन गरेको हो ।

घडियाली गोहीको निलो नामक अफ्रिकी प्रजातिको छालाबाट यो ह्याण्डब्याग बनेको छ । यसमा १८ क्यारेटको सेतो सुन तथा हिरा समेत जडान गरिएको छ ।

यो झोला सन् २०१४ मा लिलाम समेत भएको थियो । यस्तो ह्याण्डब्यागको लगातार किनबेच भइरहने भएको हुँदा यो पूरानो भन्ने नै नहुने लिलामघर क्रिस्टीका अधिकारीको भनाई छ ।

स्मरण रहोस् मोनाकोकी राजकुमारी ग्रेसले आफ्नो गर्भावस्थाको पेटबाट पत्रकार ध्यान मोड्नका लागि यो महंगो झोलाको प्रयोग गरेकी थिइन् । अमेरिकी मोडेल किम कार्दाशिनले पनि यहीँ ब्राण्डको ह्याण्डब्यागको प्रयोग गरेकी थिइन् ।

सन् २०११ मा यो बहुमूल्य ह्याण्डब्यागको व्यवसाय ५१ लाख पाउण्डको थियो भने सन् २०१६ मा बढेर २६० लाख पाउण्ड पुग्यो । बीबीसी

२०७४ फागुन २३ गते १८:४१ मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४