Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

स्मार्ट कार्ड लाइसेन्सको स्टक फेरि सकियो


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन २३ २०७४
  • 4.6K
    SHARES

स्मार्ट कार्ड ल्याउनेबारे समयमै निर्णय गर्न नसक्दा समस्या आएको स्वीकारोक्ति

काठमाडौँ — सिन्धुपाल्चोका रामप्रसाद सापकोटाले मोटरसाइकलको लाइसेन्स लिन लिखित र ट्रायल पास गरेको दुई महिना बितिसक्यो । उनले स्मार्ट कार्ड लाइसेन्स पाएका छैनन् ।

उनी भन्छन्, ‘एक महिनादेखि लाइसेन्स लिन एकान्तकुनास्थित यातायात कार्यालयमा धाइरहेको छु ।’ सुन्धारास्थित होटलमा काम गर्ने उनले व्यवसाय छाडेर कार्यालयमा धाउँदा हैरान भइसकेको बताए । ‘जहिले आउँदा पनि कर्मचारीले कार्ड आएको छैन भनेर फिर्ता पठाउने गरेका छन्,’ उनले भने ।
सापकोटाले जस्तै चितवनका विमल पौडेलले पनि मोटरसाइकलको लाइसेन्स लिन लिखित र ट्रायल पास गरेकै तीन महिना भइसक्यो । उनलाई पनि आफ्नो लाइसेन्स कहिले आउन हो, थाहा छैन । ‘अहिले त कार्यालयमा जान छाडिसकेको छु,’ उनले भने, ‘कार्ड आयो/आएन बुझ्न घण्टौं लाइनमा बस्नुपर्छ ।’ रौतहटका पारु कार्की पनि लाइसेन्स आयो/आएन कसरी बुझ्ने भन्नेबारे चिन्तित छन् । उनी भन्छिन्, ‘स्मार्टकार्ड लाइसेन्सले गर्दा सर्वसाधारणले धेरै दु:ख पाइरहेको छ ।’
यी तीनजना प्रतिनिधि पात्रमा हुन् । उनीहरूजस्तै स्मार्ट कार्ड लाइसेन्सको स्टक पटक–पटक सकिँदा दैनिक उपत्यकाका चारै यातायात कार्यालयमा आउने हजारौ सर्वसाधारण त्यसै फर्कन बाध्य छन् । पछिल्लो समय नयाँ लाइसेन्सको माग तीव्र छ । यस्तै पुरानो नवीकरण गर्ने पनि अत्यधिक छन् । यातायात विभागले थप स्मार्ट कार्ड ल्याउन सकेको छैन । यातायात विभागका प्रवक्ता तुल्सी अर्यालले विभागले स्मार्ट कार्ड ल्याउनेबारे समयमै निर्णय गर्न नसक्दा यस्तो समस्या आएको बताए ।
‘नयाँ स्मार्ट कार्ड खरिद गर्न गत वर्ष टेन्डर आह्वान गर्न सकेनौँ,’ उनले भने, ‘अहिले २ लाख कार्ड प्रिन्ट गर्न बाँकी छ ।’ उनका अनुसार आगामी वर्ष यस्तो समस्या नहोस् भनेर अहिले नै नयाँ कार्ड खरिद गर्न टेन्डर आह्वान गरिसकेका छौँ ।’ स्मार्ट कार्ड लाइसेन्स एसिलायी विकास बैंक (एडीबी) को सहयोगमा २०७२ मंसिर १४ गतेदेखि वितरण सुरु गरिएको थियो । कागजी लाइसेन्सलाई डिजिटलमा परिवर्तन गर्न मद्रास सेक्युरिटी प्रिन्टर्सले १५ करोड रुपैयाँमा २०६५ मा ठेक्का पाएको थियो ।
अहिले देशभर दैनिक ३ हजार स्मार्ट कार्डको माग छ । सेक्यिुरिटी प्रिन्टर्सले उपलब्ध गराएको १ लाख स्मार्ट कार्ड वितरण भइसकेको छ । विभागका अनुसार ठेकेदारले साढे ३ लाख स्मार्ट कार्ड पठाउने क्रममा छ । ‘दस दिनभित्र राजधानी आइपुग्छ,’ विभागका प्रवक्ता अर्यालले भने । स्मार्ट कार्डको स्टक सकिँदा यातायात व्यवस्था कार्यालय मोटरसाइकल बाग्मती एकान्तकुना ललितपुर, ठूलो भर्‍याङ, चाबहिल र जगातीका कर्मचारी पनि कामविहीन हुने अवस्थामा छन् ।
त्यस्तै नवीकरण सुरु गरिएको गण्डकीबाहेक मेची, कोसी, सगरमाथा, जनकपुर, नारायणी, लुम्बिनी लाइसेन्स कार्यालयमा पनि उस्तै समस्या छ । उपत्यकाका चारै कार्यालयका कर्मचारी यातायात विभागको लापरबाहीले गर्दा सेवाग्राहीलाई समयमै स्माटकार्ड उपलब्ध गराउन नसकेको बताउँछन् । कार्ड सकिएयता यातायात कार्यालय एकान्तकुनामा सेवाग्राहीले नाराबाजी गर्दै घेराउ गर्ने गरेका छन् । उनीहरूले कार्डको स्टकबारे जानकारी हुँदा पनि नयाँ कार्ड ल्याउन पहल नगरिएको भन्दै होहल्ला, गालीगलौज र तोडफोड गर्ने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४