Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

टुँडिखेलमा कसरी जुटे ४८ हजार मानिस ?


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन २१ २०७४
  • 3.7K
    SHARES

२० फागुन, काठमाडौं । गिनिज बुकमा रेकर्ड राख्नका लागि शनिबार काठमाडौंमा आयोजना गरिएको सामुहिकरुपमा बुद्धको धम्मपद वाचन गर्ने कार्यक्रममा चाहिएको संख्यामा मानिसहरु जम्मा भए । अब, गिनिज बुकले यसलाई मान्यता दिन्छ कि दिँदैन भनेर थाहा पाउन केही साता कुर्नुपर्ने छ ।

कार्यक्रमस्थलमा वितरण गरिएको पासका आधारमा संख्या गन्ति गरिएको हो । टुँडिखेलमा शनिबार बेलुकी ६ बजेदेखि आइतबार बिहान साढे ५ बजेसम्म ३० जनाले ती पास गनेका थिए । जसअनुसार ४८ हजार ९ सय ४३ मानिसहरु कार्यक्रममा पास लिएर पसेको देखिएको छ । गिनिजबुकले प्रमाण स्वीकार गरे यो विश्वकिर्तिमानका लागि पर्याप्त संख्या हो ।

गिनिज बुकमा Most people reading aloud simultaneously-single location  (सबैभन्दा धेरै व्यक्तिहरुले एकै स्थानमा एकैसाथ वाचन गरेको) रेकर्ड राख्न खोजिएको हो । अहिले यो रेकर्ड भारतको आर्ट अफ लिभिङ फाउन्डेसनको नाममा छ जसले ४६ हजार ६ सय ६० जनालाई एकै ठाउँ राखेर कविता पाठ गराएको थियो ।

कार्यक्रममा प्रमुख संरक्षक प्रधानमन्त्री केपी ओलीलाई बनाइएको थियो भने संरक्षकहरुमा पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधव नेपाल, खिलराज रेग्मी, लोकेन्द्रबहादर चन्द र डा. बाबुराम भट्टराईलाई राखिएको थियो । कलाकारहरु राजेश हमाल, निखिल उप्रेति, धिरज राई, रवी लामिछाने लगायतले कार्यक्रममा सहयोग गरेका थिए ।

आएनन् गिनिज बुकका प्रतिनिधि

ठूलो तामझामका साथ कार्यक्रम आयोजना गरिए तापनि गिनिज बुकका प्रतिनिधि झिकाउन आयोजक असफल रहे । आयोजक संस्था विश्व किर्तिमान परिषद नेपालका वरिष्ठ उपाध्यक्ष संघर्ष विष्टका अनुसार आर्थिक कारणले गिनिज बुकका प्रतिनिधि बोलाउन नसकिएको हो ।

‘हामीले प्रयास गरेका हौं, तर यसका लागि करिब १० लाख खर्च गर्नुपर्ने देखियो,’ उनले अनलाइनखबरसँग भने, ‘त्यो पैसा म्यानेज गर्न नसक्दा हामी गिनिज बुकलाई बोलाउन चुक्यौ ।’

विष्टका अनुसार गिनिज बुकको टिमले आउने जाने, फाइभ स्टार होटलमा बस्नेदेखि टीएडीएसम्म दिनुपर्ने प्रावधान रहेछ । यदि गिनिज बुकका प्रतिनिधि आएका भए कार्यक्रमको अनुगमन गरेर ‘अन द स्पट’ प्रमाणपत्र दिन सक्थे । जसरी विश्वकै सबैभन्दा होचाको दावेदारी गरेका चन्द्रबहादुर डाँगीको उचाई नाप्न गिनिज बुकले प्रतिनिधि पठाएको थियो । विश्वमै चर्चा हुने विषयमा रेकर्ड राख्न लागिएको छ भने गिनिज बुक आफैंले आफ्नै खर्चमा प्रतिनिधि पठाउँछ । अन्यथा उनीहरुको खर्च आयोजकले व्यहोर्नुपर्ने हुन्छ ।

गिनिज बुकका प्रतिनिधि झिकाउन नसकेपछि संस्थाले रेकर्ड राख्नका लागि आवश्यक सम्पूर्ण मापदण्डहरु बुझेर सो बमोजिमको तयारी गरेको थियो । चारवटा प्रवेशद्वारमा सीसी क्यामरा राखिएको थियो । हेलिकोप्टर र ड्रोनबाट लाइभ दृष्य खिचिएको थियो । त्यसैगरी प्रवेश पासको गणनागर्दा पनि रातभरि टुँडिखेलमा जेनेरेटर चलाएर मुभी क्यामराले खिचिएको छ । यी सबै फुटेजहरु प्रमाणका रुपमा लन्डनस्थित गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सको प्रधानकार्यालयमा पठाइएको छ ।

यसरी पठाइएको प्रमाणको अध्ययन र मूल्यांकन गरी प्रमाणपत्र दिन महिनौं लाग्ने गर्छ । यद्यपि संस्थाले यसलाई फास्ट ट्र्याकबाट गराउने भएको छ । यसका लागि आठ सय डलर तिनुपर्ने हुन्छ । फास्ट ट्र्याकबाट गराउँदा ३ हप्तासम्ममा प्रमाणपत्र आइपुग्न सक्छ ।

यस कार्यक्रमको औचित्यका विषयमा सामाजिक सञ्जालमा प्रश्न उठाइएका छन् । धेरैको भनाई छ, ‘७५ हजार मानिस भेला पारेर मन्त्रोच्चरण गर्दैमा कसरी बुद्ध नेपालमा जन्मेको प्रमाणित हुन्छ ?’

विष्ट भन्छन्, ‘बुद्ध नेपालमा जन्मेको कुरा पहिल्यै प्रमाणित छ, हामीले प्रमाणित गर्न खोजेका होइनौं । हामीले त यो सत्यसलाई सञ्चारसामु फैलाउन खोजेका मात्र हौं किनकि विश्वका धेरै देशहरुमा यो कुरा थाहा छैन ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४