Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

यस्ता छन् नयाँ शक्तिका १० निर्णय (पूर्णपाठ)


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन २१ २०७४
  • 4.1K
    SHARES

काठमाडौं– नयाँ शक्ति पार्टी नेपालले  ७ प्रदेश र प्रवास संयोजक तोकेको छ ।

नयाँ शक्ति पार्टी, नेपालको हालै लुम्बिनीमा सम्पन्न संघीय परिषद्को चौथो विस्तारित बैठक र पुनर्गठित महाधिवेशन आयोजक समितिको दोस्रो बैठकले प्रदेश र प्रवास इन्चार्ज र  संयोजक तोक्नेसहितका विभिन्न १० निर्णय गरेको हो ।

यस्तै बैठकले १७ सदस्यीय सचिवालय समेत गठन गरेको  छ । सचिवालयमा डा. बाबुराम भट्टराई,  कल्पना धमला, . केशव दाहाल  कृष्णकुमार चौधरी, गंगानारायण श्रेष्ठ, डम्बर खतिवडा, डा. केशवमान शाक्य, दुर्गा सोव, देवीप्रसाद ओझा, नवराज सुवेदी, परशुराम खापुङ, राजेन्द्रकुमार किराँती,  रामरिझन यादव, रुद्रबहादुर गुरुङ, सरुण बाठा मगर,  हिसिला यमी, र  संरक्षक परिषद्को संयोजक रहेका छन् ।

यस्तै प्रशान्त सिंह र डम्बर खतिवडालाई पार्टी प्रवक्ताको जिम्मेवारी दिने निर्णय बैठकले निर्णय गरेको छ भने केन्द्रीय  कार्यालयको सचिवको जिम्मेवारी राजु नेपाललाई दिइएको छ ।

यसैबीच नयाँ शक्ति पार्टी, नेपालले पार्टीको सूचना, सञ्चार, प्रचार तथा प्रकाशन विभागको प्रमुखमा विश्वदीप पाण्डेलाई ल्याएको छ ।

नयाँ शक्ति पार्टी, नेपालको हालै लुम्बिनीमा सम्पन्न संघीय परिषद्को चौथो विस्तारित बैठक र पुनर्गठित महाधिवेशन आयोजक समितिको दोस्रो बैठकका निर्णय सार्वजनिक गर्न प्रचार विभागको हैसियतमा पाण्डेले विज्ञप्ती निकालेका छन् ।

उनी लामो समयदेखि नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईको स्वकीय सचिव छन् ।

निर्णयको पूर्णपाठ हेर्नुहोस्

प्रेस–वक्तव्य

नयाँ शक्ति पार्टी, नेपालको हालै लुम्बिनीमा सम्पन्न संघीय परिषद्को चौथो विस्तारित बैठक (फाल्गुण ९–१२) द्वारा पुनर्गठित महाधिवेशन आयोजक समितिको दोस्रो बैठक २०७४ फाल्गुण १९–२० गते पार्टी संयोजक डा. बाबुराम भट्टराईको अध्यक्षतामा काठमाडौंमा बस्यो । बैठकका महत्वपूर्ण निर्णयहरु सम्बन्धित सबैको जानकारीका लागि प्रेस–वक्तव्य मार्फत् सार्वजनिक गरिएको छ ।

१. वैठकले लुम्बिनी विस्तारित बैठकबाट प्राप्त सुझावहरुका आधारमा परिमार्जन सहित राजनीतिक प्रतिवेदन पारित गर्‍यो ।

२. बैठकले निम्न बमोजिम १७ सदस्यीय सचिवालय गठन गरेको छ:
१. डा. बाबुराम भट्टराई, २. कल्पना धमला, ३. केशव दाहाल ४. कृष्णकुमार चौधरी, ५. गंगानारायण श्रेष्ठ, ६. डम्बर खतिवडा, ७. डा. केशवमान शाक्य, ८. दुर्गा सोव, ९. देवीप्रसाद ओझा, १०. नवराज सुवेदी, ११. परशुराम खापुङ, १२. राजेन्द्रकुमार किराँती, १३. रामरिझन यादव, १४. रुद्रबहादुर गुरुङ, १५. सरुण बाठा मगर, १६ हिसिला यमी, १७. संरक्षक परिषद्को संयोजक ।

३.  निम्नबमोजिम प्रादेशिक इन्चार्ज र संयोजकको जिम्मेवारी तय गरियो:
प्रदेश    इन्चार्ज / संयोजक
१.    राजेन्द्रकुमार किराँती / देवराज भण्डारी
२.    रामरिझन यादव / सुशील यादव
३.    गंगानारायण श्रेष्ठ / सोनामसिं स्याङतान
४.    रुद्रबहादुर गुरुङ्ग / देवीप्रसाद सुवेदी
५.    नवराज सुवेदी / दानबहादुर चौधरी
६. कर्णाली प्रदेश    – सरुण बाठा मगर / रामबहादुर बोहरा
७.    कृष्णकुमार चौधरी  / प्रकाशबहादुर साउद
८. प्रवास –    हिसिला यमी / धनबहादुर गुरुङ्ग

४.  प्रशान्त सिंह र डम्बर खतिवडालाई पार्टी प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरियो । केन्द्रीय  कार्यालयको सचिवको जिम्मेवारी राजु नेपाललाई दिने निर्णय गरिएको छ ।

५  परशुराम खापुङ संयोजक रहने गरी अनुगमन तथा मूल्यांकन विभाग, देवी ओझा संयोजक रहने गरी राजनीतिक संवाद तथा जनपरिचालन विभाग, केशव दाहालको संयोजकत्वमा उत्पादन तथा स्वरोजगार विभाग, डा. राजेन्द्र केसीको संयोजकत्वमा आर्थिक व्यवस्थापन तथा स्रोत परिचालन विभाग, विश्वदीप पाण्डेको नेतृत्वमा सूचना तथा सञ्चार विभागलगायत १९ वटा विभाग गठन गरिएको छ ।

६. अनुशासन तथा सदाचार आयोगको प्रमुख आयुक्तमा महेन्द्र श्रेष्ठ, निर्वाचन आयोगको प्रमुख आयुक्तमा कृष्णप्रसाद शर्मा र लेखापरीक्षण आयोगको प्रमुख आयुक्तमा वीके मान सिंह नियुक्त हुनु भएको छ ।

७. आंगिक संगठन, पेशागत संगठन, विशेष संयन्त्रका फ्र्याक्सन इञ्चार्जहरु तोकिएको छ । आंगिक संगठनको संयोजकको जिम्मा कल्पना धमलालाई दिइएको छ । त्यसैगरी सम्पर्क संयन्त्रको इञ्चार्ज ईश्वर रिजाल र राष्ट्रिय मामिला संयन्त्रको जिम्मेवारी पञ्चलाल महर्जनलाई दिइएको छ ।

८. चैत्र ५ गते प्रदेश १ र २ को संयुक्त भेला लहानमा, चैत्र ७ गते प्रदेश ३ र ४ को संयुक्त भेला चितवनमा र चैत्र १० गते प्रदेश ५, ६ (कर्णाली प्रदेश) र ७ को संयुक्त भेला नेपालगञ्जमा गर्ने निर्णय गरियो ।

९.  संघीय तथा प्रादेशिक संसदमा पार्टीले प्रभावकारी प्रतिपक्षको भूमिका निर्वाह गर्ने, पार्टीले विजय हासिल गरेको गाउँपालिका र वडाहरुमा नमुना विकास कार्यक्रम लागू गर्ने र अन्य सबै स्थानीय तहमा निगरानी समूहका रुपमा ‘वैकल्पिक सरकार’ गठन गरी सूचनाको हक र जनसरोकारको सवालमा जनपरिचालन गर्ने निर्णय गरियो ।

१०.  २०७५ लाई पार्टीको महाधिवेशन वर्ष बनाउने र सो अनुसार भाद्र र असोजमा स्थानीय तहको सम्मेलन, मंसीर र पुसमा प्रादेशिक अधिवेशन र फागुन १०–१५ मा संघीय महाधिवेशन गर्ने निर्णय गरियो ।

अन्त्यमा, सम्पूर्ण पार्टी पंक्तिलाई एकताबद्ध गर्ने र वैकल्पिक राजनीतिलाई बलियो बनाउने संकल्प गर्दै बैठक समापन गरियो ।

धन्यवाद ।

………………….
विश्वदीप पाण्डे
प्रमुख
सूचना, सञ्चार, प्रचार तथा प्रकाशन विभाग

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४